पेरिस हमलामा संलग्न पक्राउ

एजेन्सी ,२७ चैत ।mohamed_abrini

गत नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्न मूख्य आक्रमणकारीमध्ये पक्राउ पर्न बाँकी रहेका एक आक्रमणकारी पनि पक्राउ परेका छन् ।

गत नोभेम्बर १३ मा १३० जना मारिने गरी गराइएको आक्रमणमा संलग्न मोहम्मद अबरिनी बेल्जियमबाट पक्राउ परेका हुन् ।

पाँच  महिनादेखि फरार अबरिनीलाई ब्रसेल्सको अण्डरलेख्त क्षेत्रबाट पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका अबरिनी गएको मार्च २२ मा ब्रसेल्स विमानस्थलमा भएको आक्रमणसँग सम्बन्धित सिसिटिभी फुटेजमा देखिएको ह्याट लगाएको व्यक्ति पनि हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

पक्राउ परेका ३१ वर्षका अबरिनी मोरक्को मूलका बेल्जियन नागरिक हुन् । अबरिनी पेरिस आक्रमणका अर्का आक्रमणकारी सालह अब्देशलामसँग पेरिस आक्रमणको दुई दिनअघि देखिएका थिए । अबरिनी र अब्देसलाम ब्रसेल्समा सानैदेखि सँगै थिए । अब्देशलाम गत मार्चमा पक्राउ परेका थिए । त्यसको केही दिनपछि ब्रसेल्समा आक्रमण भएको थियो । अबरिनी ब्रसेल्स आक्रमणमा संलग्न रहेको भन्ने यकिन भइसकेको छैन । तर उनको संलग्नताको विषयमा छानविन भइरहेको छ । (एजेन्सी)