
कंगनाका कारण ऋतिक जेल जाने
रितिक रोशनलाई पक्राउ गर्न कंगनाको माग
बलिउड अभिनेता रितिक रोशन र अभिनेत्री कंगना रनोटको विवाद झनै बढ्दै गएको छ । अभिनेत्री कंगनाले आफ्नो तस्विर र इमेल मिडियालाई दिएको भन्दै रितिकलाई पक्राउ गर्न माग गरेकी छिन् ।
कंगनाका वकिल रिजवान सिद्दिकीले ६ एप्रिलमा पुलिस आयु्क दत्तात्रेय पदसालगिरलाई एक पत्र पठाएर रितिकलाई पक्राउ गर्न माग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राम्रो सम्बन्ध रहेको समयमा दिएको तस्विर र इमेलको दुरुपयोग गरेको आरोप कंगनाले रितिकमाथि लगाएकी छिन् । कंगनाले लगाएको आरोप पुष्टि भएमा रितिक जेल पर्न सक्ने समेत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।केही समय यता रितिक र कंगनाबीच दुष्मनी पैदा भएको छ ।
