प्रत्युषाको मृत्युपछि उनको अर्को सनसनीपूर्ण खबर

गत साता आत्महत्या गरेकी बलिउकी टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीको निधनपछि एक पछि अर्को गर्दै रहस्यहरु उद्घाटन हुने क्रम जारी छ ।

प्रत्युषाकी अंकलकी छोरीले प्रत्युषा र राहुलबीच २ महिना अघि विवाह भएको खुलासा गरेकी छिन् । सुरभी चटर्जीले राहुल र प्रत्युषाले मन्दिरमा गएर सुटुक्क विवाह गरेको खुलासा गरेकी हुन् ।

सुरभीले राहुलले प्रत्युषालाई शारीरिक र मानसिकरुपमा प्रताडित गर्ने गरेको खुलासा पनि गरेकी छिन् । राहुल केवल पैसाका लागि प्रत्युषासँग सम्बन्धमा रहेको दावी समेत उनले गरेकी छिन् ।

प्रत्युषाकी अर्की साथी सारा खानले पनि प्रत्युषाले राहुलको नामको सिन्दुर लगाउने गरेको खुलासा गरेकी छिन् ।

प्रत्युषाको शरीरमा घाउः उनको सुसाइड नोट गायव

उता प्रत्युषा बनर्जीको आत्महत्याको मुद्धामा उनका प्रेमी राहुल राजले मागेको जमानत अदालतले खारेज गरिदिएको छ ।

मुम्बाइको दिँडोसी कोर्टले राहुल राजको अग्रिम जमात याचिका खारेज गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राहुलले गिरफ्तारीबाट बँच्नका लागि जमानतको यचना दर्ता गरेका थिए ।
यसैबीच प्रत्युषाकी वकिल फाल्गुनीले प्रत्युषाको शरीरमा घाउ रहेको र उनको सुसाइड नोट गायव पारिएको खुलासा गरेकी छिन् । यो विषयमा पनि जाँच गर्नु पर्ने उनले माग गरेकी छिन् ।

प्रत्युषाका प्रेमी राहुलमाथि आत्महत्याका लागि उक्साएको आरोप सहित ३ शीर्षकमा मुद्धा दायर गरिएको छ ।

गत साता आत्महत्या गरेकी बलिउकी टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीको निधनपछि एक पछि अर्को गर्दै रहस्यहरु उद्घाटन हुने क्रम जारी छ ।

प्रत्युषाले गत एप्रिल १ मा आफ्नै निवाशमा आत्महत्या गरेकी थिइन् । उनको मृत्युपछि अनेक अनेक अडकलवाजी र रहस्यकथा बाहिर आइरहेका छन् ।