यी हुन् इलामका १० पर्यटकीयस्थल

सुजन तिम्सिना ,इलाम

भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा,अलैँची, अकबरे खोर्सार्नी, ओलन जस्ता नगदेबालीले, सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताले इलाम विश्वमा नै प्रख्यात छ ।

प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटक इलाम आउँछन् । सिंहलीला पर्वतश्रृंखला र महाभारत पर्वतश्रृंखला, तिनबाट उत्पत्र नदी प्रणाली, ढपक्क चियाले ढाकेका डाँडाहरु, विश्वमै दूर्लभ एवं लोपोन्मुख जीव र वनस्पतिहरु, मिहेनती किसानहरुले गरेको कृषि र पशुपालन आन्तरिक र वाह्य आगन्तुकको मन लोभ्याउने गरेको छ ।

पहाडकी रानी उपमाने परिचत इलाममा प्रकृति र संस्कृतिको संगम इलामको पर्यटन विकास तथा व्यवसाय मुख्य आधार हुन् भनिन्छ ।

सन्दकपुर

View from Sandakpur (1)
सन्दकपुर पूर्वी नेपालको प्रमुख र्पयटकीय गन्तव्य हो । ३ हजार ६ सय ३६ मिटरको उचाइमा अवस्थित सन्दकपुरबाट सगरमाथा, कंचनजंघा हिमाललार्ई १ सय ८० डिग्रीको सोझो सतहमा देख्न सकिने दक्ष्ािण एसियाकै एक मात्र स्थान हो । यहाँबाट र्सूयोदय र र्सूयास्तको राम्रो अवलोकन र्गन सकिन्छ । यहाँ पूग्ने पर्यटक र्दजनौं प्रजातीमा फुल्ने लालीगुराँस हेरेर आनन्द लिने गरेका छन् ।

यहाँ असोज, कात्तिक, चैत र वैशाखमा पर्यटकको चाप रहेको छ । पुस र माघ महिनामा हिमपात हुने भएकाले यो मौसममा हिउँ खेल्ने पुग्ने पर्यटकको संख्या बढ्दै गएको पाइन्छ । इलाम बजारबाट ४५ किलोमिटर दुरीमा रहेको सन्दकपुर इलाम बजार बिब्ल्याँटे माबु कालपोखरी हुँदै मोटरबाट यात्रा गरि पुग्न सकिन्छ ।

माईपोखरी

maipokhari5

इलाम सदरमुकामबाट करिब १८ किलोमिटर उत्तरमा रहेको माइपोखरी नेपालको मात्र नभएर विश्वको एक संरक्षण क्षेत्र तथा पर्यटकीय गन्तव्य हो । यो पोखरी धार्मिक आस्थाको केन्द्र हुनुका साथै जैविक विविधताले धनी रहेको छ । माइपोखरीलाई सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरी नेपालको नवौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरे पछि यसको विश्वव्यापी पहिचान समेत स्थापित गर्न मद्दत पुगेको छ ।

नौवटा कुनामा फैलिएको माइपोखरीको नामाकरणका बारे बताउँदा माइ अर्थात आमा र पोखरी अर्थात तलाउ जसबाट जल देवता भएको विश्वास गरिन्छ । बलिप्रथा निषेध रहेको यस पोखरीमा मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ ।
कुनै समयमा पोखरी वरिपरिका रुखबाट खसेका पातपंिङ्गरहरु चराचुरुंङ्गीहरुले टिपेर बाहिर फ्याँक्ने, पोखरीमा पञ्चेबाजा, शंखघण्ट बज्ने र हाल पोखरीबाट आकस्मत अनौठो ज्योति निस्केर तुरुन्तै लोप हुने गरेको रहस्य रहेको स्थानीयबासी बताउँछन् । वैशाखे पुर्णिमा र ठुली एकादशीका दिन माइपोखरीमा विशेष पुजा अर्चना र मेला लाग्ने प्रचलन रहेको छ । माईपोखरीमा रैथाने गलैंचे झ्याउ, रुख भ्यागुतो, ठकठके र्दुलभ जन्तु एवं वनस्पति पाइनुका साथै ३ सयभन्दा बढी चराको आवाजबाट पर्यटक आनन्द लिने गरेका छन् । २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित माईपोखरीमा २ हेक्टर जलासयसहित १२ हेक्टर क्षेत्रमा फैलिएको छ । संरक्षित क्षेत्रमा पाइने पानी गोहोरो पाँचथरबाहेक नेपालका अन्य ठाउँमा पाइँदैन । पोखरी वरिपरि विभिन्न प्रजातिका गुराँस, १६ प्रकारका सुनाखरी तथा ६२ प्रकारका जडीबुटी पाइन्छन् । माइपोखरी क्षेत्रमा ३ प्रजातिका रैथाने माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप, १४ प्रजातिका स्तनधारी प्राणि पाइन्छ ।

कन्याम

kanyam
इलाम सदरमुकामबाट ४४ किलोमिटरमा रहेको मेची राजमार्गमा पर्ने पर्यटकीय स्थल हो कन्याम । मेची राजमार्गमै पर्ने भएकाले कन्याम सबैको पहुँचमा पर्दछ ।

चियावगानको रमणीय दृश्यका लागि प्रसिद्ध कन्यामले देशी विदेशी सबैलाई आकर्षित गर्दै आएको छ । दिनहुँ संयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु चियाबगानको दृश्य अवलोकन, पिकनिक तथा घुमफिरका लागि आउने गर्दछन् । यहाँको चियाबारीको मनोरम दृश्य र चिसो हावापनीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकिर्षत गरीरहेको छ । लेप्चा जातीको संस्कृति तथा ग्रामीण रहनसहन यहाँका अन्य पर्यटकीय आकर्षणहरु हुन् ।

अन्तु

antu danda
अन्तुडाँडा सूर्योदयका लागि उत्कृष्ट गन्तव्य हो । यहाँबाट कञ्चनजङ्घा हिमाल र भारतीय सीमावर्ती क्षेत्रको राम्ररी अवलोकन गर्न सकिन्छ । नेपालको पूर्वी सिमाना मेची नदीको उद्गम स्थल समेत रहेको अन्तु क्षेत्रमा सूधारीएको जिवनशैली पर्यटकका लागि अध्ययनको बिषय बन्दै आएको छ ।
समुदायबाट अन्तु पर्यटक क्षेत्रमा ग्रामीण पर्यटनको योजनावद्ध शुरुवात गरेकाले पर्यटन प्रवद्र्धनमा यहाँको समुदाय निरन्तर सक्रिय रहेको छ । अन्तु पोखरी र लोपउन्मुख लाप्चा जातिको संस्कृति यहाँ पूग्ने जो कोही पर्यटकका लागि अर्को खोजीको बिषय हुदै आएको छ । यहाँ पर्यटक बस्नका लागि होमस्टे दर्ता गरि संचालन गरिएकाले पर्यटकलाई अन्तुबासीले स्थानीय क्षेत्रमा पाइने परिकार खुवाउने गरेका छन् ।

छिन्टापू

समुद्री सतहबाट तीन हजार दूई सय मिटरमा अवस्थित मनोरम स्थान,जैविक विविधता र प्राकृतिले सिंघारीको रुपमा इलामको छिन्तापु रहेको छ । इलामको माइमझुवा र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको छिन्तापू फागुन,चैत र बैशाखमा थरिथरिका गुराँसहरुको फुलले रमणीय बन्दै आएको छ । छिनछिनमा फेरिने मौसम,चिसो बतासले रमाउने पर्यटकलाई हिमश्रृङ्खलाहरुको दृश्यावलोकले चकित पार्ने गरेको छ । कञ्चनजङ्घा, सगरमाथा लगायतका नेपाल, भारत र भुटानका हिमालश्रृङ्खलाहरु आँखै अगाडी देख्न सकिन्छ ।

लालीगुराँसको घना जङ्गल, भौगोलिक बनावटको अवलोकन छिन्तापुमा जसरी अन्य स्थानमा पाउन सायदै गाह्रो पर्ला । छिन्तापु क्षेत्र वरिपरि रहेका आधा दर्जन बढी पोखरीले यहाँ आउने पर्यटकलाई सिमसार क्षेत्रको अध्ययनका लागि सहयोग पुग्ने निश्चित छ । यहाँ इलाम सदरमुकाम बरबोटेको बिब्याँटे माईपोखरी हुँदै पुग्न सकिन्छ ।

समुन्द्री सतहबाट एक हजार ६०० मीटर उचाईमा अवस्थित टोड्के झर्ना ८५ मीटर अग्लो छ । माइमझुवा गाविसको वडा नं. ३ स्थित माइखोला भन्दा करीव ४० मीटर पश्चिममा रहेको यो झर्ना नेपालकै दोस्रो अग्लो झर्ना हो । घना जंगलको बिचमा रहेको पहराका बिचबाट झर्ने यस झर्ना माबु गाविसको वडा नम्बर तीनको सोयाङ्बा गाउँबााट आँखै सामु देखिने भएकाले पर्यटकले झरनाको अवलोकन गरि आनन्द लिन सक्नेछन् ।

पाथिभरा

1
भक्तजनको भिडले खचाखच हुने पाथिभरा मन्दिर इलाम जिल्लाको दक्षिणपूर्वमा रहेको कोल्बुङ्ग गाविसमा रहको छ । पाथिभरा मन्दिर कोल्बुङ्ग गाविसको कुटिडाँडादेखि करीब ८०० मिटर उकालो पैदल यात्रापछि पुग्न सकिन्छ ।

धार्मिक महत्वको क्षेत्र पाथिभरा समुद्री सतहबाट १ हजार ८ सय चालिस मिटरमा अवस्थित रहेको छ । कोल्बुङ्ग गाविसको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा खुट्किला चढ्दा पर्यटकले आनन्दायी अनुभुती गर्दै आएका छन् ।

ताप्लेजुङ्ग जिल्लामा रहेको पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने भएकाले यहाँलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ । यहाँ प्रत्येक शनिबार र मङ्गलबार भक्तजनको भिड लाग्ने गरेको छ । मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराण जस्ता उत्सव पनि हुने गरेको छ । यहाँ नेपाल बाहेक भारत, बंगलादेश र भुटानसम्मका भक्तजनको भिड लाग्ने गरेको छ । विक्रम संम्बत २०५१ सालमा विधिवत रुपमा पाथीभरा मन्दिर संरक्षण समिति गठन भएपछि यहाँको विकास गर्दै आएको पाइन्छ । इलाम जिल्लाको सदरमुकामबाट ४९ किलोमिटर दक्षिण पुर्वमा रहको पाथीभरादेवीको मन्दिर नेपालको एक प्रसिद्ध धार्मिक स्थल मानिन्छ ।

सिद्धिथुम्का

siddi thunka
इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा रहेको सिद्धिथुम्का समुद्र सतहबाट १६९३ मिटरमा अवस्थित छ । सिद्धिथुम्का चुली सूर्याेदय र सूर्यास्त दृश्यावलोकन हत्तकेलामा राखेर झै हेर्न सकिन्छ ।
अजम्बरे डाँडा,खान्द्रुङ गुफा, नामथला, फुलबारी, पोखरीगाउँ, पङ्खेलुङ र्झना, रातोपानी, फाल्गुनन्द माङ्हिम, सिंहदेवीस्थान, जलकन्यादेवी लगायतका आर्कषक र्पयटकीय गन्तव्य छन् ।
माङमालुङ्ग 
इलाम जिल्लाको पश्चिमी क्षेत्रको उत्कृष्ट पर्यटकीय गन्तब्य र धार्मिक आस्थाको केन्द्रको नाम हो माङमालुङ्ग । इभाङ्ग गाविस वडा नं. ५ र बाँझो गाविस वडा नं. ६ को सिमानामा रहेको माङमालुङ्ग क्षेत्रमा विशेष गरी राई किराँत समुदायको बाहुल्यता रहेका ेछ । माङमालुङ्गको घना र प्राकृतिक रुपमा रमणीय वन, वनको दृश्यले यस क्षेत्रलाई निकै आकर्षक बनाएको छ ।

माङमालुङ्ग धार्मिक क्षेत्र समेत रहेकोले यसको दर्शन गर्न वर्षेनी झापा, मोरंग, सुनसरी, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग देखिका भक्तजन र पर्यटकहरु आउने गर्दछन् । हिउँदको समयमा सडक यातायातको राम्रो सुविधा भएकाले वषेैनी यसरी घुम्न आउनेहरुको संख्या बढीरहेको छ । माङमालुङ्ग क्षेत्रमा एउटै औलाले हल्लाउन सकिने तर धेरैजनाले बल गर्दा समेत पल्टाउन नसक्ने अलौकिक ढुंगा, दर्जन बढी प्राकृतिक गुफा,ढुंगाका विभिन्न आकृति र देवस्थलहरु रहेकाछन् । त्यहि पवित्र धार्मिक र पर्यटकीय क्षेत्रको काखमा माङमालुङ्ग पोखरीको छेउमा रहेको छ । पोखरीको छेऔमा ढुंगा रहेको छ, जुन पहिले एउटै थियो ।
त्यसको बाटो मानिसहरु हिड्दै नाग(माउ)ले मान्छे खाने गर्दथ्यो । धेरैपटक यस्तो भएपछि महारानी विजुवानी आएर जोखाना हेर्दा माउ रहेको थाहा पाएपछि मार्न सकिन्छ कि सकिदैन भनेर थालले ढुंगालाई हान्दा ढुंगा सातचाना भयो । अहिले त्यस स्थानमा सात टुक्र ढुंगा देख्न सकिन्छ । माउ मारिसकेपछि त्यसको रगतले पोखरी राताम्य भयो र पोखरीको अर्को छेउबाट फुटी हालको रतुवा खोलामा निस्कियो । त्यस पछि त्यो खोलालाई रक्तुवा भनिन्थ्यो । त्यहि रक्तुवाबाट अपभ्रशः हुदै अहिले त्यसखोलाको नाम रतुवा रहन गएको किम्बदन्ती रहेको पाइन्छ ।

माङसेबुङ्ग
शिवालिक क्षेत्र अन्तर्गत बाँझो गाविसको वडा नं .८ र ९ मा पर्ने लारुम्बा माङसेबुङ किरात धर्म र संस्कृतिका आस्थावानहरुका लागि प्रमुख आस्थाको केन्द्र हो । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनद्वारा प्रारम्भ गरिएका समाज सुधारका कार्यहरुलाई गति प्रदान गर्दै किरात धर्म र संस्कृतिको पनि समयानुकूल व्याख्या गरी उनकै पनाति किरात धर्मगुरु आत्मानन्द लिङ्देनद्वारा आस्थावानहरुलाई संगठित गरी यो क्षेत्रलाई एउटा धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा स्थापित गरिएको छ ।
यो स्थान किरात भाषा र लिपीको अध्ययन केन्द्र पनि हो । हरेक वर्षको मङसिर १८ गते किराँत धर्मगुरु आत्मानन्दको जन्मदिन र फागुन ३ गते गुरुमाको जन्मदिनका दिन नेपाल र नेपाल बाहिर धेरै ठाउँबाट यस स्थानमा धेरै संख्यामा मानिसहरु भेला हुने गर्दछन् ।
डाँडाको टुप्पामा गुरुद्वारा एक किराँत शिवालय केन्द्रीय मन्दिरको स्थापना भएको छ । डाँडाको बिचमा चक्रपथमा भक्तजनका आश्रम तथा घरहरु छन् । खासगरी द्वन्द्वका कारण २०५८ सालदेखि सुरक्षा समेतलाई ध्यानमा राखी पूर्वाञ्चलका दश जिल्लाका किराँत धर्मावलम्वी मानिसहरु यस स्थानमा आएर बसोबाास गर्न सुरु गरेपछि यहाँ घना बस्ति विकास भइरहेको छ ।

गजुरमुखी

8-gajurmukhi 222
इलाम जिल्लाको पश्चिमी क्षेत्रमा देउमाई खोलाको किनारमा अवस्थित गजुरमुखीधाम हिन्दु तथा किराँत धर्मावलम्बीहरुका लागि पवित्र धार्मिक स्थल हो । समुन्द्री सतहबाट ४सय ८० मिटर उचाईमा अवस्थित यो धाममा वर्षेनी धार्मिक पर्यटकहरु आउने गर्दछन् । गजुरमुखीदेवीलाई वाणी र सन्तान दायिनी देवीका रुपमा लिइने गरिन्छ ।
विगत केही वर्ष देखि यस क्षेत्रमा ग्रामीण पर्यटनको अवधारणाले ठाउँ पाउन थालेको छ । यस स्थानमा आउने पर्यटकहरुका लागि धाम नजीकैको सानो बजारमा बस्न र खानाको सुविधा उपलब्ध रहेको छ ।