एमाओवादी ओखलढुंगा आन्दोलीत ,बैशाख २८ गते जिल्ला चक्काजाम गर्ने

काठमाडौं , २३ चैत

एकिकृत नेकपा माओवादी ओखलढुंगा आन्दोलीत भएको छ । आफ्ना नेता तथा कार्यकर्तालाई शान्ति सम्झौता बिपरीत द्धन्द्धकालका मुद्धामा फसाउँदै लगेपछि एमाओवादी ओखलढुंगा आन्दोलीत भएको हो ।
उसले आगामी बैशाख १५ गतेदेखी २५ गते सम्म भण्डाफोर गर्ने र बैशाख २८ गते बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म जिल्लामा चक्काजाम गर्ने निर्णय गरेको छ । बैशाख १५ सम्म प्रचार प्रसार गर्ने उसको कार्यक्रम तय छ ।
वृहत शान्ति सम्झौताको मर्म र भावना विपरित गणतन्त्र कर्मीहरुका विरुद्धमा देशभर मुद्दा चलाउने कार्यको बिरोध स्वरुप एमाओवादी ओखलढुंगाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार एक ज्ञापनपत्र बुझाउँदै एमाओवादी ओखलढुंगाले त्यस्तो कार्यको बिरोध गरेको थियो । तर आफ्ना मागको कुनै सुनुवाई नभएपछि आन्दोलनको घोषणा गर्नु परेको एमाओवादी ओखलढुंगाका सचिव रामकुमार कार्कीले मुलखबरलाई जानकारी दिनुभयो । एमाओवादी ओखलढुंगाले सोमबार प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्र तल प्रस्तुत छ ।

मिति  २०७२–१२–२२
ज्ञापन पत्र
श्री सम्माननीय प्रधानमन्त्री ज्यू ,
प्रधानमन्त्रीको कार्यालय सिंहदरवार, काठमाडौं
मार्फत–जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा

हाम्रो देश नेपाल इतिहासका विभिन्न मोडहरुमा ठूलाठूला राजनीतिक विद्रोहहरुबाट गुज्रिएको कुरा सवैलाई स्पष्ट नै छ । २००७ साल, ०८ साल, ३१ साल, ३६ साल, ४६ सालका राजनीतिक संघर्षहरुमा धेरथोर अवैधानिक र सशस्त्र बल प्रयोग भएको सबैलाई ज्ञातव्य नै छ । सामान्य त माथि उल्लेखित सबै र विशेषतः ०५२ फाल्गुण १ गते देखि संचालित महान जनयुद्धको क्रममा हतियारवद्ध आन्दोलन मार्फत पुरानो सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई चुनौति दिएको कुरा कसैबाट छिपेको छैन । संसार हल्लाउने गरी भएको त्यो महान् जनविद्रोहको क्रममा करिव २० हजार मानिस मारिएको र वेपत्ता पारिएको कुरा स्वतः स्पष्ट नै छ । त्यो जनविद्रोहकै कारण ाज देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भै नयाँ संविधान आइसकेको छ । आज देशमा शान्ति र समृद्धि तर्फ लैजानु पर्ने वेलामा वृहत शान्ति सम्झौताको मर्म र भावना विपरित गणतन्त्र कर्मीहरुका विरुद्धमा देशभर मुद्दा चलाउने मूर्खता शान्ति र संविधान विरोधी निशाचरहरुले गरिरहेका छन् । यस खाले हर्कत मार्फत उनीहरु देशलाई सधैं अशान्ति र अस्थिरता पु¥याई धमिलो पानीमा माछा मार्ने र देश भित्र पुरानो सामन्ती व्यवस्था फिर्ता गर्न चाहन्छन् भने वैदेशिक रुपमा साम्राज्यवादी र विस्तारवादी शक्ति केन्द्रहरुलाई सहयोग पु¥यार्ए सधैं नेपाली जनतालाई दास बनाउन चाहन्छन् । हाम्रो पार्टी जिल्ला कमिटी सामान्यतः देशभर भएका यस खाले गतिविधि वन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्न चाहन्छौं । हाम्रो स्पष्ट मत छ अदालत र न्याय सम्बन्धी हौवा खडा गरी शान्ति भंग गर्न खोज्ने गतिविधिको घोर भत्र्सना गर्न चाहन्छौं । तत्काल ओखलढुंगा जिल्लामा चलेका मुद्दाहरु सम्बन्धी रिटमा सार्वेच्च अदालतको निर्णय सच्याउन आग्रह गर्न चाहन्छौं । हाम्रो यो विनम्र आग्रहलाइ वेवास्ता गरिएमा जनविरोधी, शान्ति विरोधी, नेपाली जनताको प्रगति विरोधी हर्कत हुने कुरा सबैलाई जानकारी गराउन चाहन्छौं । सर्वोच्च अदालतलाई यही लागेको हो भने नेपाली कांग्रेसको नेतृत्वमा भएका विमान अपहरण देखि सबै विद्रोहहरु वर्तमान प्रधानमन्त्री खड्ग वलीहरुको नेतृत्वमा भएको झापाको टाउको काट्ने आन्दोलनका अभियुक्तहरुलाई समेत मुद्दा चलाउन र थुन्न चुनौति दिन चाहन्छौं । अन्यथा वलियालाई सोली र दुब्लालाई गोलीको सिद्धान्त चरितार्थ भएको ठानिने छ ।
संसारका सबै राजनीतिक आन्दोलनहरु र विद्रोहहरु पुरानो सत्ता र कानुन विरोधी हुने कुरा लाटाले पनि बुझ्ने कुरा हो । अनि हरेक आन्दोलन विजय वा सम्झौतामा टुङ्गिए पछि पुराना मुद्दा मामला स्वतः खारेज हुने अन्तर्राष्ट्रिय स्वीकृत मान्यता हो । त्यसैले यी खाले हर्कत वन्द गर्न देशभरका सबै झुठा र राजनीतिक मुद्दा खारेज गर्न र देशलाई वृहत शान्ति र समृद्धिको दिशा तर्फको यात्रामा बढाउने कुराको ग्यारेन्टी गर्न जोडदार माग गर्दछौं । यदि समयमै वृहत शान्ति सम्झौताको मर्म र भावना विपरित परिवर्तनकामी जनसमुदायहरुलाई मुद्दा चलाउने हर्कत जारी राख्ने हो भने हम्रो पार्टी चरणवद्ध आन्दोलनमा जान वाध्य हुने कुरा यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछौं ।
बाबुराम गौतम
अध्यक्ष
समग्र जनयुद्धकालिन मुद्दा पीडितहरु