यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
युरोपियन च्याम्पियन लिगमा वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने. युरोपियन च्याम्पियन लिगमा वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने. काठमाडौं, २३ चैत ।. युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । मंगलबार(आज) राति हुने पहिलो लेगको खेलमा दुई स्पेनिस क्लव वार्सिलोना र एथ्लेटिको मड्रिड एक आपसमा भिड्नेछन् ।. यो खेल वार्सिलोनाको मैदान नुवो क्याम्पमा हुनेछ । स्पेनिस लिगका दावेदार टोली वार्सिलोना शीर्ष स्थानमाछ भने उ भन्दा ६ अंक पछि रहेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।. यो सिजन युएफा सुपर कप र फिफा क्लव विश्वकपको उपाधि जितिसकेको वार्सिलोना च्याम्पियन्स लिग, स्पेनिस लिग र कोपा डेल रे समेत गरी कुल ५ उपाधि जित्ने अभियानमा छ ।. आजै राति हुने अर्को खेलमा जर्मनीको बायर्न म्युनिख र पोर्चुगलको बनिफिका भिड्नेछन् । यो खेल बायर्न म्युनिखको मैदान अलियान्ज एरिनामा हुनेछ ।. च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछन् । बुधबार हुने खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन र इङ्ल्यान्डको म्यानचेस्टर सिटी तथा जर्मनीको उल्फवर्ग र स्पेनको रियल मड्रिड भिड्नेछन् ।.
युरोपियन च्याम्पियन लिगमा वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने
काठमाडौं, २३ चैत ।

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । मंगलबार(आज) राति हुने पहिलो लेगको खेलमा दुई स्पेनिस क्लव वार्सिलोना र एथ्लेटिको मड्रिड एक आपसमा भिड्नेछन् ।
यो खेल वार्सिलोनाको मैदान नुवो क्याम्पमा हुनेछ । स्पेनिस लिगका दावेदार टोली वार्सिलोना शीर्ष स्थानमाछ भने उ भन्दा ६ अंक पछि रहेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
यो सिजन युएफा सुपर कप र फिफा क्लव विश्वकपको उपाधि जितिसकेको वार्सिलोना च्याम्पियन्स लिग, स्पेनिस लिग र कोपा डेल रे समेत गरी कुल ५ उपाधि जित्ने अभियानमा छ ।
आजै राति हुने अर्को खेलमा जर्मनीको बायर्न म्युनिख र पोर्चुगलको बनिफिका भिड्नेछन् । यो खेल बायर्न म्युनिखको मैदान अलियान्ज एरिनामा हुनेछ ।
च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछन् । बुधबार हुने खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन र इङ्ल्यान्डको म्यानचेस्टर सिटी तथा जर्मनीको उल्फवर्ग र स्पेनको रियल मड्रिड भिड्नेछन् ।