यस्तो छ कांग्रेसको दल नेता चयनका लागि चुनावी कार्यक्रम, शुरु भयो प्रक्रिया

काठमाडौं, २३ चैत ।
download (2)संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताका चुनावी कार्यतालिका सार्वजनीक गरिएको छ । तालिका बमोजिम दल नेताको उम्मेदवारी दर्ता विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको सयम निर्धारण गरिएको छ ।
त्यसैगरी दरखास्तउपर दाबी विरोध गर्ने समय दिउँसो १२ः३० बजेसम्म राखीएको छ भने र १ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १ः ३० देखि २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । अपराहृन २ बजे दलको नेताका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । मतदान भने चैत २४ गते ११ देखि २ बजेसम्म हुने छ ।
संसदीय दलको कार्य समिति सदस्यका लागि भने शुक्रबार मतदान हुने भएको छ । कार्य समिति सदस्यका लागि बिहीबार ११ देखि १ बजेसम्म मनोनयन र अपराहृन ५ः ३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
कांग्रेसका तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो । दलका नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मैदानमा उत्रिएका छन् ।