एमालेको पोलिब्यूरो बैठक बस्दै
काठमाडौं, २३ चैत ।
सरकारको नेतृत्व गर्दै आएको दल नेकपा एमालेको पोलिब्यूरो बैठक आज बस्दैछ । लामो अन्तरालपछि एमालेको पोलिटब्युरोको बैठक बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय, धूम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बताइएको छ ।
यही चैत २७ गतेदेखि एमाले केन्द्रीय कमिटीको बैठक तय भएको सन्दर्भमा पोलिटब्युरो बैठक बस्न लागेको हो ।