विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट -वेस्ट इन्डिज,बन्यो च्याम्पियन

कोलकाता, २२ चैत ।

championविश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजले हासिल गरेको छ । गएराति सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले उपाधि हासिल गरेको हो ।

टस जितेर पहिलो फिल्डिङ गरेको वेस्ट इन्डिजले इङ्ल्याण्डलाई १५५ रनमा सीमित गरेको थियो । इङ्ल्याण्डले निर्धारित  २० ओभरमा ९ विकेटको क्षतिमा उक्त योगफल तयार पारेको थियो । इङ्ल्याण्डका लागि जोए रुटले सर्वाधिक ५४ रन बनाएका थिए । त्यस अतिरिक्त जोस बटलरले ३६ रन बनाए ।

१५६ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले अन्तिम ओभरमा लगातार ४ छक्का प्रहार गर्दै २ बल अगावै रोमाञ्चक जित हात पारेको हो । ६ विकेट गुमाइसकेको अवस्थामा वेस्ट इन्डिजलाई अन्तिम ओभरमा जितका लागि १९ रन आवश्यक थियो । तर कार्लोस ब्राथवाइटले चार बलमा लगातार छक्का प्रहार गर्दै टिमलाई दोस्रो पटक उपाधि दिलाएका हुन् ।

वेस्ट इन्डिजकै महिला टिमले पनि आइतबारै विश्वकप ट्वेन्टी ट्वेन्टीको उपाधि हासिल गरेको थियो । कोलकातामै भएको फाइनलमा वेष्ट इन्डिजले तीन पटकको च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा एक सय ४८ रन बनाएको थियो । भिलानी र लानिङ्गले समान ५२ रन जोडे । जवाफमा वेष्ट इन्डिजले ३ बल खेल्न बाँकी छँदै २ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।

पहिलो विकेटका लागि कीर्तिमानी एक सय २० रनको साझेदारी गर्ने क्रममा हेले म्याथ्युजले ६६ तथा स्टेफेनी टेलरले ५९ रन जोडिन् । वेष्ट इन्डिजले पहिलो पटक विश्वकप जितेको हो