कांग्रेस उभियो राष्ट्रविरोधी कित्तामा

काठमाडौं, २१ चैत ।

download
नेपालमा संविधान बनेर कार्यान्वयनको चरणमा पुगिरहेको बेला प्रमूख छिमेकी भारतले युरोपीयन युनियनसँग मिलेर संयुक्त विज्ञप्ती निकालेर संविधान अपूर्ण भएको भन्दै असन्तुष्टि जनाए ।
भारतले संविधान निर्माणको क्रमदेखि नै असहमति राख्दै आएको र संविधान जारी भएपछि नाकावन्दी नै गरेको कुरा कसैबाट छिपेको छैन । संविधान जारी भएपछि मौन बसेको युरोपियन युनियनले भारतसँगै मिलेर संविधान अपूर्ण भएको भन्दै निकालेको विज्ञप्तीलाई नेपाल र विश्वभरबाट नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेपको रुपमा विरोध गरिएको छ ।
तर नेपालमै रहेको र संविधान निर्माण र जारी गर्ने कार्यको नेतृत्व गरेको संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने उक्त विज्ञप्तीको स्वागत गरेर आफूलाई राष्ट्रविरोधी दलको रुपमा उभ्याएको छ ।

इयु र भारतको संयुक्त विज्ञप्तीको  बुँदामा नेपालको संविधान अपूर्ण भएको भन्ने आशयको कुरा उल्लेख गर्नु नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथिको प्रहार हो भनेर नेपाल सरकार र मन्त्रीपरिषदको बैठकले समेत किटान गरी विरोध गरिसकेका सन्दर्भमा नेपाली कांग्रेसले उक्त विज्ञप्तीको विारेध गर्नुको बदला स्वागत गर्नु कांग्रेसको राष्ट्रघाती र जनघाती कदम नै भएको विश्लेषकहरुले जनाएका छन् । कांग्रेसले आइतबार विज्ञप्ती निकालेर भारत र इयुले निकालेको विज्ञप्तीको स्वागत गरेको थियो ।

त्यसैगरी भारत र इयुको संयुक्त विज्ञप्तीको स्वागत गर्नेमा तराई मधेश सदभावना पार्टी पनि अगाडि आएको छ । उक्त दलले पनि भारत र इयुले उठाएको प्रश्नप्रति आफू सहमत भएको भन्दै संविधान पूर्ण नभएको र कार्यान्वयन गर्न नहुने भनाई सार्वजनीक गरेको छ ।