
पर्बतका किसान म्याग्दीमा दुध बेच्छन्
काठमाडौं, २१ चैत ।
पर्वतको लोकफाँटका किसान छिमेकी जिल्ला म्याग्दीको सदमुकाम बेनीमा दूध बेच्न जाने गरेका छन् ।
गाँउमा सडक पुगेको वर्षौं भएपनि सवारी साधन नचल्दा उनीहरुले फिठ्युमा बोकेर दूध ढुवानी गर्न बाध्य भएका छन् ।
गाँउमा यातायात र दूध ढुवानी गर्ने व्यवस्था नहुँदा भारी बोकेर बेनी आउने गरेको लेकफाँट गडेखोलाका बाबुराम रेग्मीले बताए । उनका अनुसार बेनी आउनका लागि तीन घण्टा ओरालो र बेनीबाट घर जान तीन घण्टा उकालो डिड्नु पर्ने बाध्यता रहेको बताए ।
उत्पादन भएको दूध बजार सम्म लान नसक्नेहरुले भने घरमै घिउँ उत्पादन गर्छन् । त्यसको बजार पनि नजिक नहुँदा उनीहरु समस्या छन् ।आजको अन्नपूर्णमा समाचार छ ।
