नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास
मनहरि तिमिल्सिना ।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ६७ वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको चर्चा सम्भव नहोला। तर, नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको इतिहासलाई ४ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
१. २००६ देखि २०१९ सम्मको एकीकृत अवस्था :
२००६ साल बैसाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन विरुद्धको जनसंघर्ष आदि थिए । जसका संस्थापक महासचिव पुष्पलाल थिए । सन् १९४९ सेप्टेम्वर १५ मा मोतिदेवी श्रेष्ठलाई थप्न प्रस्ताव गरिएको थियो । ने.क.पा.को प्रथम सम्मेलन वि.स. २००८ असोज (१९५१ सेप्टेम्वर २२) मा कलकत्ता नै भयो । जसले महासचिव मनमोहन अधिकारीलाई बनायो । २००८ साल कार्तिक २० गते नेपाल भारत सन्धिको विरोध गरेकाले चिनिया काजीमान श्रेष्ठलाई सरकारले हत्या ग¥यो । २००९ माघ ९ गते डा. के आई सिंहद्धारा जेल विद्रोह गरे, यसैलाई निहुँ बनाएर २००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाईयो । ने.क.पा. स्थापनापछि २००६ भदौ ३० गते पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्नुभएको थियो । २०१० सालतिर नै भिमदत्त पन्तले पश्चिममा शशक्त किसान आन्दोलन चलाए । भिमदत्त पन्तको किसान आन्दोलनलाई दवाउन भारतीय सेना झिकाई भीमदत्त पन्तको हत्या गरियो ।
ने.क.पा.को प्रथम महाधिवेशन २०१० साल माघ १७–२५ सम्म काठमाण्डौमा भयो । जसमा पुष्पलाल श्रेष्ठले संविधानसभाको निर्वाचन, डा. केशरजङ्ग रायमाझीले वैधानिक राजतन्त्रको समर्थन गरी दुई प्रस्ताव अगाडि आए । जुन महाधिवेशनमा ७८ जना प्रतिनिधी थिए भने पार्टी सदस्य संख्या १६००० थिए । महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिव निर्वाचित ग¥यो । वि.स.२०१२ कार्तिकमा दोश्रो राष्ट्रिय सम्मेलन भयो । जसमा केशरजङ्ग रायमाझीले राजावादी धार समाते । सम्मेलनले राजतन्त्रको समर्थन र वैधानिक राजतन्त्रको दिशा पास ग¥यो । पुष्पलाल श्रेष्ठले पार्टी कार्यक्रममा परिवर्तन किन ? नामक दस्तावेज पेस गर्नुभयो । त्यसपछि टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको सरकारले २०१२ मा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा ग¥यो ।
वि.स.२०१२ कार्तिकमा दोश्रो राष्ट्रिय सम्मेलन भयो । जसमा केशरजङ्ग रायमाझीले राजावादी धार समाते । सम्मेलनले राजतन्त्रको समर्थन र वैधानिक राजतन्त्रको दिशा पास ग¥यो । पुष्पलाल श्रेष्ठले पार्टी कार्यक्रममा परिवर्तन किन ? नामक दस्तावेज पेस गर्नुभयो । त्यसपछि टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको सरकारले २०१२ मा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा ग¥यो ।
ने.क.पा.को दोश्रो महाधिवेशन २०१४ जेठ १५—२५ काठमाण्डौंमा सम्पन्न भयो । पुष्पलाल श्रेष्ठले संविधानसभा र संसदीय प्रजातन्त्रको लाईन, शम्भुराम श्रेष्ठले गणतन्त्रको लाइन, रायमाझीले संवैधानिक राजतन्त्रको लाइन पेस गरे । महाधिवेशनमा पुष्पलालको विधानसभाको लागि संघर्ष भन्ने लाइन पास भयो, तर नेतृत्व भने बहुमतले केशरजङ्ग रायमाझीलाई बनायो, उनी महासचिव बने । २०१७ मा विश्व कम्युनिष्ट आन्दोलनमा रायमाझी, शम्भुराम श्रेष्ठ, हिक्मतसिंह भण्डारी, कमर शाह सहभागी थिए । यस अघि २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले पाल्पा, रौतहट लगायत ४ स्थानमा विजय हासिल गरेको थियो । २०१७ पौष १ गते राजा महेन्द्रले पञ्चायती शासन घोषणा गरे, त्यतिबेला मस्कोमा रहेका रायमाझीले राजाको कदमको स्वागत गरे । २०१७ पौष २२ मा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाए ।
२०१७ साल फागुनमा भारतको दरभंगामा १ महिनासम्म दरभंगा प्लेनम भयो । प्लेनममा २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी थिए । जसका प्रस्तावित लाईनहरु ः १. मोहनविक्रम सिंह ः संविधानसभाको निर्वाचन २. केशरजंग रायमाझी ः संसदीय व्यवस्थाको स्थापना ३. पुष्पलाल श्रेष्ठ ः विघटित संसदको पुनस्र्थापना थिए । प्रस्तावमा मतदान हुँदा मोहनविक्रमले २८ मत, रायमाझीले १७ मत र पुष्पलालले ६ मत प्राप्त गरेका थिए भने केन्द्रीय समितिको बहुमत पुष्पलालको पक्षमा थियो । ९ महिनाभित्र महाधिवेशन गर्ने अनिर्णित व्यवस्थामा नै प्लेनम समापन भयो । प्लेनम पश्चात रायमाझी र बहुमत केन्द्रिय सदस्यहरु दरवारसँग साँठगाँठ गरे । २०१८ सालमा पुष्पलाल र तुलसीलाल अमात्यको अग्रसरतामा अन्तरजोन सामजञ्य समिति गठन गरियो । यो समिति गठन गर्नु पार्टी नीति विपरित भएको र समानन्तर पार्टी भनी पुष्पलाल, तुलसीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई २०१९ मा पार्टीबाट निश्कासन गरियो ।
२०१७ पौष १ गते राजा महेन्द्रले पञ्चायती शासन घोषणा गरे, त्यतिबेला मस्कोमा रहेका रायमाझीले राजाको कदमको स्वागत गरे । २०१७ पौष २२ मा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाए ।
ने.क.पा.को तेश्रो महाधिवेशन २०१९ वैशाख ४–१५ सम्म भएको थियो । जसका प्रस्तावित लाइनहरु ः १. तुलसीलाल अमात्य ः सार्वभौमसत्ता सम्पन्न संसद २. पुष्पलाल श्रेष्ठ ः विघटित संसदको पुनस्र्थापना ३. मोहनविक्रम सिंह ः संविधानसभाको निर्वाचन थिए । जसमा मोहनविक्रम सिंहको संविधानसभाको निर्वाचनको लाइन बहुमतबाट पास भयो । तर महामन्त्रीमा तुलसीलाल अमात्य निर्वाचित हुनुभयो । केन्द्रीय समितीमा केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ, कमर शाह, डि.पि.अधिकारी, पि.बि. मल्लहरु थिए ।
२. २०१९ देखि २०४७ सम्म फुट र विभाजनको अवधि : २०१९ सालपछि निम्न समूह कम्युनिष्ट समूहहरु मुलभूत रुपमा रहे ।
क. रायमाझी समूह :
रायमाझी समूहले २०२३ सालमा तेश्रो महाधिवेशन ग¥यो । २०२४ सालमा भएको तेश्रो महाधिवेशनले महामन्त्री केशरजंग रायमाझी निर्वाचित भए । २०३६ मा पञ्चायतमा प्रवेश गर्ने वा नगर्ने विषयमा रायमाझी र मानन्धरबीच विवाद भयो । २०३८ सालमा चौंथो महाधिवेशन डाकी मानन्धर समूहको गठन गरियो र रायमाझी समूहबाट अलग भएको घोषणा गरियो । २०४० सालमा रायमाझी समूहको पाँचौं महाधिवेशन भयो । पार्टी बर्मा र रायमाझी समूहमा २ गुटमा विभाजन भयो । दुवैले एक अर्कालाई पार्टीबाट निश्कासन गरेको घोषणा गरे । यसरी रायमाझी समूह ३ धारमा टुक्राटुक्रा भयो । यिनीहरु रुसी प्रतिक्रान्तिको पक्षमा गए । पछि गएर रायमाझी आधिकारिक रुपमा दरबार प्रवेश गरे ।
ख. पुष्पलाल समूह :
२०२४ सालमा पुष्पलालले भेला गरी आफ्नो समूह व्यवस्थित गर्न खोज्नुभयो । २०२५ सालमा गोरखपुरमा तेश्रो सम्मेलन गरी नयाँ जनवादी गणतन्त्रको लाइन पारित गरी पुष्पलाल श्रेष्ठ महामन्त्री बन्नुभयो । २०२९ सालमा पुष्पलाल समुहको चौथो राष्ट्रिय सम्मेलन भयो । २०३१ श्रावणमा कम्युनिष्ट एकता संघर्ष समिति गठन भयो । २०३३ असार १५ मा जीबराज आश्रित, मोदनाथ प्रश्रित, बामदेव गौतमले पुष्पलालबाट विद्रोह गरी मुक्ति मोर्चा समूह गठन गरे । २०३५ श्रावण ७ मा पुष्पलालको मृत्युपछि त्यसको नेतृत्व बलराम उपाध्यायले गरे । यसै संगठनलाई पछि विकास गरेर २०४४ सालमा सहाना प्रधान र भरतमोहन अधिकारी मिलेर ने.क.पा. (माक्र्सवादी) को गठन गरे ।
ग. रोहित समूह :
पुष्पलाल समूहबाट २०३२ माघ १० गते अलग भएर नेपाल मजदुर किसान संगठन निर्माण गरियो । त्यसैगरी २०३६ सालमा रुपलाल विश्वकर्माको नेतृत्वबाट विद्रोह गरी पुष्पलाल समूहबाट २०३८ सालमा सर्वहारावादी श्रमिक संगठनको गठन भयो । २०४६ सालपछि राष्ट्रिय सम्मेलन गरी नारायणमान विजुक्छे (रोहित) को नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको गठन भयो ।
३. झापाली विद्रोही धार :
१. पुर्वी मेची कोशी प्रान्तीय समिति :
२०२२ सालमा भारतको दरभंगामा सम्मेलन गरी भरतमोहन अधिकारी र कमल कोईरालाको नेतृत्वमा मेची कोशी प्रान्तीय कमिटी गठन भयो । २०२७ सालतिर यसको कार्यनीतिक विवादका कारण झापा जिल्ला कमिटी अलग भयो । त्यही झापा जिल्ला कमिटीले २०२८ सालमा वर्गदुश्मन अतम पार्ने उद्धेश्यसहित झापा विद्रोह सुरु ग¥यो ।
२. कोर्डिनेशन केन्द्र :
२०२८ सालमा सुरु भएको झापा विद्रोहका कमिकमजोरी हटाउने नाटक गरी २०३१ जेठ १४ मा झापा, मोरङ्ग, सुनसरी जिल्ला कमिटीले समन्वयका लागि अपील ग¥यो । २०३२ जेठ २४–२५ मा सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी कोओर्डिनेशन केन्द्र (माले) कमिटीको गठन भयो । २०३५ साल पौष ११ गते कोओर्डिनेशन केन्द्रको सम्मेलन गरी ने.क.पा.(माले) पुनर्गठन भयो । जसको नेतृत्व सि.पी.मैनालीले गरे । २०४६ सालको आन्दोलनमा माले, माक्र्सवादी लगायतका एकथरी समूहबीच आन्दोलनको लागि संयुक्त बाममोर्चा बन्यो । त्यसको नेतृत्व सहाना प्रधानले गरिन् । २०४६ साल भाद्र ९–१४ सम्म यस समूहको चौंथो महाधिवेशन भयो । २०४७ मा ने.क.पा.(माले) र ने.क.पा.(माक्र्सवादी) मिली ने.क.पा.(एमाले) बन्यो । २०४९ मा ने.क.पा.(एमाले) को पाँचौं महाधिवेशनले मदन भण्डारीलाई महासचिव बनायो र जनताको बहुदलीय जनवादको नीति पास ग¥यो । त्यसपछि २०५४ मा माधवकुमार नेपाल छैंटौ महाधिवेशन गरी महासचिव भए । २०५४ सालमा एमाले विभाजन भई माधव नेपाल (एमाले) र बामदेव गौतम (माले) बने । २०५९ मा पुन २ पार्टीबीच एकता भयो र महासचिव माधव नेपाल भए । २०६४ चैत्र २८ मा भएको संविधानसभामा एमाले पार्टी नराम्रोसँग पराजित भएपछि माधव नेपालले राजीनामा दिए र झलनाथ खनाल महासचिव बने । २०७० मा सम्पन्न दोस्रो संविधान सभामा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्यो। त्यसपछि केपी ओली पार्टी अध्यक्षमा निर्वाचित भए।
२०५४ सालमा एमाले विभाजन भई माधव नेपाल (एमाले) र बामदेव गौतम (माले) बने । २०५९ मा पुन २ पार्टीबीच एकता भयो र महासचिव माधव नेपाल भए । २०६४ चैत्र २८ मा भएको संविधानसभामा एमाले पार्टी नराम्रोसँग पराजित भएपछि माधव नेपालले राजीनामा दिए र झलनाथ खनाल महासचिव बने । २०७० मा सम्पन्न दोस्रो संविधान सभामा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्यो। त्यसपछि केपी ओली पार्टी अध्यक्षमा निर्वाचित भए।
ङ. केन्द्रीय न्युक्लियस :
२०२८ मंशीर २० मा मोहनविक्रम लगायत बागमति प्रान्तीय कमिटीमा रहेका सिद्धिलाल सिंह, नरबहादुर कर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ मिली केन्द्रीय न्यूक्लियस गठन गरे । केन्द्रीय न्यूक्लियसका संस्थापकहरुमा मोहनविक्रम, मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला, सिद्घिलाल सिंह आदि थिए ।
च. चौंथो महाधिवेशन : (२०३१ भाद्र ३० देखि असोज ७ सम्म) :
२०३१ भाद्र ३० देखि असोज ७ सम्म निर्मल लामा, मोहन बिक्रमहरुको पहलमा चौंथो महाधिवेशन भयो । जसको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार थियो । महाधिवेशनले मोहन बिक्रम सिंहलाई महासचिवमा निर्वाचित ग¥यो । त्यही समयमा पुष्पलालले राजतन्त्र परास्त गर्न कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्ने धारणा राखेकोमा मोहन बिक्रमले कडा आलोचना गरी गद्दार पुष्पलाल भन्ने पुस्तक लेखे । त्यतिबेला राजाले मोहन बिक्रम सिंहलाई राजपरिषद्मा आउन अनुरोध समेत गरेका थिए । २०३१–२०३३ सम्म मोहन बिक्रम सिंहलाई माओ र निर्मल लामालाई चाओको रुपमा प्रचार गरिन्थ्यो । २०३५ मा मोहन विक्रम यौन कार्वाहीमा परेपछि निर्मल लामा महामन्त्री भए । छिट्टै कार्वाही फुकुवा गरी मोहन बिक्रमलाई पुन जिम्मेवारीमा ल्याइयो । तर निर्मल लामा पनि कार्वाहीमा परेपछि २०३६ मा भक्तबहादुर श्रेष्ठ (शेरसिंह) महामन्त्री हुनुभयो । त्यतिबेला मोहन बिक्रम र निर्मल लामा दुवै सुधारवादका पक्षपाति थिए । यसको केही समयपछि छोटो समय चित्र बहादुर के.सी. पनि पार्टीको महामन्त्री बने । २०३७ मा ऋषि देवकोटा (आजाद) ले पार्टीबाट विद्रोह गरे । २०३९ सालतिर मोहन बिक्रमले आजादकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्न खोजेपछि दोश्रोपटक उनी कार्वाहीमा परे । २०४० सालमा चित्रबहादुर श्रेष्ठ गिरफ्तार भएपछि निर्मल लामाहरु ने.क.पा.(चौम) छुट्टै पार्टी गठन गरे ।
चौम समूह :
२०४० साल मंशीरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समुह २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा सहभागी भई संघर्षमा होमियो ।
ने.क.पा.(मशाल) :
पार्टी विभाजन गरी निर्मल लामाले ने.क.पा.(चौम) गठन गरेपश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम महामन्त्री बने ।
पाँचौं महाधिवेशन : (२०४१ मंशीर १ देखि १६ सम्म) :
२०४१ मंशीर १–१६ सम्म पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन बिक्रमको सारसंग्रहवादी कार्यदिशा पास ग¥यो । तर यौन काण्डका कारण महाधिवेशनमा व्यापक बहस भई उनलाई हलबाट कार्वाही गरी बाहिर निकालियो । महाधिवेशनमा क. प्रचण्डद्घारा मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित ग¥यो । २०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहन बिक्रमले ने.क.पा. (मसाल) गठन गरे २०४३ सालमा यसको सम्मेलन गरे । २०४३ सालमा ने.क.पा.(मशाल) को तर्फबाट काठमाण्डौंका प्रहरी विटमा आक्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । जुन घटनालाई सेक्टरकाण्ड भनिन्छ । सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा ने.क.पा.(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो र माओवाद पास ग¥यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास ग¥यो । २०४६ सालको जनआन्दोलनमा ने.क.पा.(मशाल), ने.क.पा.(मसाल), सर्वहारा श्रमिक संगठन, ने.क.पा.(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बन्यो ।
सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा ने.क.पा.(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो र माओवाद पास ग¥यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास ग¥यो ।
४. २०४७ देखि हालसम्म (ध्रुवीकरणको अवधि) :
२०४६ सालको जनआन्दोलनपछि एकथरी ने.क.पा.(एमाले) मा ध्रुविकरण भए, अर्काथरी केही शक्ति स–साना समूहमा विभाजित छन । भने कम्युनिष्ट क्रान्तिकारीहरुको मुल प्रवाह एकीकृत ने.क.पा.(माओवादी) बनिरहेको छ ।
एकीकृत ने.क.पा. (माओवादी) :
२०४७ श्रावणमा ने.क.पा.(मशाल), प्रचण्ड, ने.क.पा.(चौम), निर्मल लामा, सर्वहारावादी श्रमिक संगठन, रुपलाल विश्वकर्मा, बीचमा एकता भई पार्टी नाम ने.क.पा. (एकताकेन्द्र) राखियो । २०४७ को अन्त्यतिर मोहन विक्रमको ने.क.पा.(मसाल) बाट विद्रोह गरी हरिवोल गजुरेल (शितलकुमार) को नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम ने.क.पा. (एकताकेन्द्र)मा प्रवेश ग¥यो ।
एकता राष्ट्रिय महाधिवेशन : (२०४८ मंशीर ४) :
२०४८ मंशीर ४ बाट चार समूहको एकताबाट बनेको एकताकेन्द्रको एकता महाधिवेशन भयो । एकता महाधिवेशनले दीर्घकालीन जनयुद्धको कार्यदिशा पास ग¥यो । एकता महाधिवेशनमा प्रचण्डले आधार इलाका सहितको दीर्घकालीन जनयुद्ध, रुपलाल विश्वकर्माले आधार इलाकाविनाको दिर्घकालीन जनयुद्ध, निर्मल लामाले शशस्त्र शहरी विद्रोह गरी तीन लाइन प्रस्तावित भयो, तर अत्याधिक बहुमतले प्रचण्डले पेश गरेको प्रस्तावलाई पारित ग¥यो । महाधिवेशनले संसदीय निर्वाचनलाई जनवादी क्रान्तिको पक्षमा उपयोग गर्ने निर्णय ग¥यो । क.प्रचण्ड लगायत निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल लगायतका ११ जना पूर्व महामन्त्रीहरुको सो महाधिवेशनमा सहभागिता थियो । महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण ग¥यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बन्यो । जसमा ः कृष्णबहादुर महरा (रोल्पा), खड्क बहादुर बुढा (रुकुम), बर्मन बुढा (रोल्पा), छक्कबहादुर लामा (हुम्ला), अमिक शेरचन (चितवन), लिलामणि पोख्रेल (ललितपुर), इमानसिंह लामा (काभ्रे), विष्णु बहादुर तामाङ (सिराहा), कमल चौलागाई (रामेछाप), राष्ट्रिय सभामा घनश्याम शर्मा पौडेल र सिन्धुनाथ प्याकुरेल थिए ।
प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बन्यो । जसमा कृष्णबहादुर महरा (रोल्पा), खड्क बहादुर बुढा (रुकुम), बर्मन बुढा (रोल्पा), छक्कबहादुर लामा (हुम्ला), अमिक शेरचन (चितवन), लिलामणि पोख्रेल (ललितपुर), इमानसिंह लामा (काभ्रे), विष्णु बहादुर तामाङ (सिराहा), कमल चौलागाई (रामेछाप), राष्ट्रिय सभामा घनश्याम शर्मा पौडेल र सिन्धुनाथ प्याकुरेल थिए ।
२०४९ सालमा वर्गसंघर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरुसँग व्यापक बहस भयो, तर निर्मल लामाहरु वैधानिक संघर्षलाई मूख्य माने। जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग भए। त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर २०५१ सालमा छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे । २०५१ साल फागुन २–४ मा ने.क.पा.(एकताकेन्द्र) को तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनितीक तथा फौजी कार्यदिशा निर्माण गरियो । समन्वयको गन्ध आउने भएकाले ने.क.पा.(एकताकेन्द्र) नाम परिवर्तन गरी ने.क.पा.(माओवादी) राखियो । २०५२ साल आषाढमा गोरखामा केन्द्रीय समितिको बैठक बसी सैद्धान्तिक प्रतिबद्धता र चार तयारी एवं उपचरणको निर्णय ग¥यो । समग्र प्रारम्भिक तयारी पुरा गरी २०५२ फागुन १ (सन् १९४९ फेव्रुअरी १३) मा महान जनयुद्धको घोषणा गरियो । जनयुद्धको मुलनारा ः प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं, थियो । २०५३ जेठमा केन्द्रीय समितिको बैठक बसी १ बर्षको समिक्षा, थप योजना निर्माण ग¥यो । २०५५ भाद्रमा चौथो विस्तारित बैठक सम्पन्न भयो । यसको मुलनारा ः आधार इलाका निर्माणको महान दिशामा अघि बढौं, थियो । २०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ५ वर्षका जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचारश्रृंखला सहित प्रचण्डपथ शंश्लेषण ग¥यो । २०५८ जेठ १९ मा दरवार हत्याकाण्डमार्फत राजा बिरेन्द्रको बंशनास गरिएपश्चात तत्काल बसेको केन्द्रीय समितिको बैठकले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकास गरौं भन्ने नारा अगाडि सा¥यो । २०५८ श्रावण ८ गते युद्धविराम भई वार्ताको प्रक्रियामा पार्टी प्रवेश ग¥यो । तर, पुरानो सत्ताले कुनै पनि मागलाई सम्बोधन नगरेका कारण वार्ताको औचित्य समाप्त भएकोले २०५८ मंशीर ८ गते युद्धविराम भंङ्ग भएको घोषणासहित माओवादी युद्धमा प्रवेश ग¥यो । २०५९ माघ १५ गते दोश्रो पटक युद्धविराम भयो । २०६० जेठमा बसेको केन्द्रीय समितीको बैठकले इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज पारित ग¥यो । २०६१ असोजमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्दै रणनीतिक प्रत्याक्रमणको पहिलो योजना निर्माण ग¥यो ।
२०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ५ वर्षका जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचारश्रृंखला सहित प्रचण्डपथ शंश्लेषण ग¥यो । २०५८ जेठ १९ मा दरवार हत्याकाण्डमार्फत राजा बिरेन्द्रको बंशनास गरिएपश्चात तत्काल बसेको केन्द्रीय समितिको बैठकले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकास गरौं भन्ने नारा अगाडि सा¥यो ।
२०६२ असोजमा चुनवाङ्गमा भएको केन्द्रीय समितिको बैठकले पार्टीमा व्यापक शुद्धिकरणको निर्णय ग¥यो । साथै ढाडमा टेकेर टाउकोमा हान्ने प्रत्याक्रमणको दोश्रो योजना पास ग¥यो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समेत पास ग¥यो । चुनवाङ्ग बैठकको जगमा टेकेर २०६२ मंशीर ७ गते निरङ्कुश राजतन्त्र विरुद्ध ७ संसदवादी दलहरुसँग १२ बुदे समझदारी कायम भयो । सोही समझदारीका बलमा २०६२ चैत्र २४ गतेबाट शशक्त जनआन्दोलन श्रृष्टि भयो । १९ दिनको लगातारको आन्दोलनपछि २०६३ बैशाख ११ गते संसद पुनस्र्थापनाको शर्तमा संसदवादी दलले दरवारसँग सम्झौता गरे। १९ दिने जनआन्लोलन उत्कर्षमा त पुग्यो । तर, निष्कर्षमा पुगेन । २०६३ बैशाखमा १३ गते पार्टीले र बैसाख २१ गते सरकारले युद्धविराम ग¥यो । २०६३ बैसाखमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले शहरलाई जोड गाउँलाई ध्यान दिने रणनीतिक स्थानान्तरणको कार्यदिशा पारित ग¥यो । २०६३ भाद्रमा सम्पन्न के.स.को बैठकले क्रान्तिको पुनरावृत्ति होइन, विकास हुन्छ भन्ने निष्कर्षसहित नयाँ कार्यदिशाको खोजी गर्न थाल्यो । नेपाली जनक्रान्तिको सफलताको लागि शशस्त्र जनयुद्ध, शशक्त जनआन्दोलन, शान्तिवार्ता र कुटनीतिक पहलको संयोजनमार्फत नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने मान्यता अघि सा¥यो । साथै उचित वातावरण बनाएर विद्रोहमा जाने निर्णय ग¥यो । २०६४ भाद्रमा करिव ३००० प्रतिनिधिहरुसहित काठमाडौंको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । यसले काभ्रेको कामीडाँडा बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ग¥यो । साथै अन्तरिम सरकारबाट हटेर आन्दोलनमा जाने निर्णय ग¥यो । २०६४ साल चैत्र २८ गते नेपालको इतिहासमा ६० बर्षदेखी थाती संविधानसभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा ने.क.पा.(माओवादी) ले प्रत्यक्षतर्फ स्पष्ट बहुमत र समानुपातिकतर्फ अत्याधिक अन्तरले अग्रता कायम गर्न सफल रह्यो । जसको परिणाममा ६०१ स्थानमध्ये ने.क.पा.(माओवादी) २२९, कांग्रेस ११४, एमाले १०९, फोरम ५१ र अन्य २५ साना दलहरु विजयी बने । २०६५ जेठ १५ गते सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलूकमा राजतन्त्रको विधिवत अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । २०६६ असार ६ गते संविधानसभाले डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित ग¥यो । २०६५ श्रावण ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले क.प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित ग¥यो र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त बाममोर्चा लगायतका दलहरुको सहभागितामा संयुक्त सरकार निर्माण भयो । यसै सन्दर्भमा विगत जनयुद्धपूर्व टुक्रिएर गएको ने.क.पा. (एकताकेन्द्र–मसाल) र ने.क.पा. (माओवादी को बीचमा २०६५ पौष २९ गते पार्टी एकता हुन पुग्यो । एकता पश्चात पार्टीको नाम एकीकृत ने.क.पा. (माओवादी) नामाकरण गरियो, साथै पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद÷विचारधारा बनाउने निर्णय गरियो र प्रचण्डपथलाई आन्तरिक बहसको विषय बनाउने निर्णय पनि गरियो । सरकारले काम प्रभावकारी बनाउदै जाँदा प्रतिगामीहरुले सरकारविरुद्ध घेराबन्दी गर्न थाले । प्रधानसेनापतिलाई सरकारले दिएको अवकाशलाई लिएर राष्ट्रपति यादवले असंवैधानिक कदम चालेपछि २०६५ चैत्र २२ गते माओवादी नेतृत्वको सरकारले राजीनामा दियो ।
२०६५ श्रावण ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले क.प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित ग¥यो र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त बाममोर्चा लगायतका दलहरुको सहभागितामा संयुक्त सरकार निर्माण भयो । यसै सन्दर्भमा विगत जनयुद्धपूर्व टुक्रिएर गएको ने.क.पा. (एकताकेन्द्र–मसाल) र ने.क.पा. (माओवादी को बीचमा २०६५ पौष २९ गते पार्टी एकता हुन पुग्यो ।
एकीकृत माओवादीको २०६६ असार–श्रावणमा बसेको केन्द्रीय समितिको बैठकले निर्णायक जनविद्रोहको तयारीको निर्णय ग¥यो, साथै पार्टी बहुपदीय निर्णयमा जाने निर्णय पनि ग¥यो । बहुपदीय निर्णयअनुसार अध्यक्ष क.प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण), उपाध्यक्षद्घय क.डा. बावुराम भट्टराई, क.नारायणकाजी श्रेष्ठ (प्रकाश), महासचिव क.रामबहादुर थापा (बादल), सचिवद्घय क.सि.पी. गजुरेल (गौरव) र पोष्टबहादुर बोगटी (दिवाकर) बने ।
संविधान निर्माण नगरी २०६९ जेठ १४ गते पहिलो संविधान सभा भंग भयो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो। २०६९ असारमा एकीकृत (माओवादी) बाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो। एकीकृत ने.क.पा. (माओवादी) ले २०६९ माघमा सातौं महाधिवेशन सम्पन्न ग¥यो । महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वाचित ग¥यो। २०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो। माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो। विभिन्न आरोह, अवरोहका बीच २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो। संविधान निर्माणमा एमाओवादीको निर्णायक र सकारात्मक भूमिका खेल्यो।