कार्यक्रम उद्घाटनको नयाँ शैली देखियो निशुल्क स्वास्थ्य शिवीरमा (फोटो फिचर)

health campलमजुंग, १५ चैत ।
कार्यक्रम उद्घाटनका चलिआएको मोडल भनेको पानसमा वत्ति वाल्ने र अतिथीको स्वागत भनेको खादा ओढाएर गर्ने नै हो । तर रेडियो भोटेवडार ९०.८ मेगाहर्जको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिवीरमा भने विल्कुलै नयाँपन देखियो । सामुदायीक रेडियोले सर्वसाधारणको लागि भनेर निशुल्क औषधी सहितको स्वास्थ्य शिवीर संचालन गर्नु आफेंमा नयाँ भएपनि त्यो भन्दा नयाँपन चैत्र १३ गते गरेको शिवीरमा देख्न पाइयो ।

भक्ति नमूना उच्चमाविको प्रांगणमा संचालन गरिएको स्वासथ्य शिवीर उद्घाटन कार्यक्रम अन्य कार्यक्रम भन्दा विल्कुलै फरक शैलिको थियो । कार्यक्रममा अतिथिलाई रातो टिका लगाएर स्वागत गरिएको थियो भने कुनै पनि अतिथि र आयोजकलाई व्याच लगाइएको थिएन । त्यो भन्दा नयाँ त स्वास्थ्य शिवीरको उद्घाटनमा न त मैन वत्ति थियो न त पानस नै । थियो त केबल डाक्टरको हातमा स्टेथेस्कोप र अगाडि प्रमूख अतिथी व्यवसथापिका संसद सदस्य सांसद लालबहादुर गुरुंग ।

कार्यक्रमका संचालकले कार्यक्रम उद्घाटन गर्नको लागि प्रमूख अतिथीलाई आग्रह गरिरहँदा उपस्थित सहभागिहरु कानेखुशी गर्दे थिए मैन वत्ति पनि छैन पानस पनि छैन, रिवन पनि छैन के गरेर गर्लान् त उद्घाटन रु शिवीर का चिकित्सकिय सेवा प्रदान गर्न आएको चितवन भरतपुर स्थित सप्तगण्डकी अस्पतालका वरिष्ठ सर्जन राजीव शाहले स्टेथेस्कोप लिए र प्रमूख अतिथिले लगाइरहेको कोटको एउटा बाउला खोले सहभागिहरु दंग परे । प्रमूख अतिथिको पाखुरामा प्रेसर नाप्ने पटिट बाँधीयो र उद्घोष्क एवं रेडियो भोटेवडारका निर्देशक सन्तोष पौडेलले सहभागि सबैलाइय आग्रह गरे कार्यक्रमको उद्घाटन शुरु भयो तालीले स्वागत गरौं । एक मिनेटपश्चात सभासदको स्वास्थ्य परिक्षणको परिणाम आयो १३० बाई ८० ।
रेडियोले आयोजना गरेको शिवीरमा करिब ५ सय सर्वसाधारणले स्वास्थ्य परिक्षण गरे । र निशुल्क रुपमा आवश्यकता अनुसार औषधी पनि पाए । शिवीरमा सप्तगण्डकी अस्पतालका वरिष्ठ बाल तथा विपी मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ डा. कुष्णसागर शर्मा, वरिष्ठ सर्जन राजीव शाह, नाक कान घाँटी विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, हाड जोनी विशेषज्ञहरुले स्वास्थ्य परिक्षण् र परामर्श दिएका थिए ।

शिवीरको समापन गर्दै रेडियोका संचालक समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले रेडियोको तफृबाट सप्तगण्डकी अस्पतालबाट आएनुभएका वरिष्ठ चिकित्सक र अस्पताल व्यवसथापनलार्य मायाको चिनो प्रदान गरेका थिए । विशेषज्ञ चिकित्सकहरुले शिवरु पूर्ण रपमा सफल भएको र रेडियोको उक्त अवसर उपलव्ध गराएकोमा धन्यवाद र खुशी प्रकट गरेका थिए । शिवीर आफ्नो संक्षिप्त मन्तव्य राद्यै सांसद लालबहादुरले स्वासथय जनताको नैसर्गिक अधिकार भएकाले पूर्ण रुपमा राज्इले दायीत्व वहन गर्नुपर्ने धारणा राख्दै त्यसतर्फ आफ लागिरहेको जानकारी गराएका थिए । शिवीर विहान ७ बजेदेखि वेलुका ५ बजेसम्म संचालन गरिउको थियो ।

2 4 5 3