लोडसेडिङ घट्यो
काठमाडौं , १५ चैत ।
नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखी लागु हुने गरि लोडसेडिङ घटाएको छ ।प्राधिकरणले सातामा ७७ घण्टा लोडसेडिङ हुने गरी ७ घण्टा लोडसेडिङ घटाएको हो । यसअघि सातामा ८४ घण्टा लोडसेडिङ हुने गरेको थियो । एस एल सी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले लोडसेडिङ घटाएको जनाएको छ । लोडसेडिङको कार्यतालीका तल प्रस्तुत गरिएको छ ।
