प्रधानमन्त्री ओली स्वदेश फर्किए
काठमाडौं , १४ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता भएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री अाेलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए ।
प्रधानमन्त्री अाेलीले चीनसँग १० वटा सम्झौता गरेका छन् । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।
