२०७३ सालको दशैं तिहार कहिले ?
नेपालीहरुको महान पर्बहरु मध्ये पर्छन दशैं र तिहार । दशैं र तिहार नेपालीहरुले हर्सोल्लासका साथ मनाउने गर्दछन । यी पर्वहरुले धार्मिक र सामाजिक महत्व बोकेका छन् । त्यसैले त नेपालमा वहुसंख्यक समुदायले बिशेष रूपले यी पर्व मनाउने गर्दछन ।
यो बर्ष (२०७३) को दशैं आश्विन १५ गते बाट सुरुहुदै छ । घटस्थापना १५ गते, २२ गते फूलपाती, २३ गते महाष्टमी, २४ गते महानवमी र २५ गते बिजयादशमी परेको छ ।
र त्यस्तै गरी तिहार ५ दिनको हुने गर्दछ र यो बर्ष कार्तिक महिनाको १२ गते काग तिहार, १३ गते कुकुर तिहार, १४ गते लक्ष्मी पूजा, १५ गते गोबर्धन पूजा र म्हः पूजा अनि १६ गते भाइ टिका परेको छ ।