
शिक्षक आन्दोलनमाथि प्रहरीको दमन, पत्रकार र शिक्षकहरु घाइते
शिक्षक आन्दोलनमाथि प्रहरीले निर्मम दमन गरेको छ । शिक्षा ऐन माग गर्दै २० दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुमाथि आज प्रहरीले गरेको लाठि चार्ज र पानीको फोहोराबाट गरेको दमनबाट २ दर्जन शिक्षकहरु घाइते भएका छन् भने आन्दोलनको रिपोर्टिङमा रहेकी प्राइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीसहित गम्भीर घाइते भएका छन् ।
शिक्षकहरुले आन्दोलनमा घुषपैठ गरी सरकारले वातावरण विगारेर आन्दोलनमा दमन गरेको बताएको छ भने प्रहरीले शिक्षकहरुले निषेधीत क्षेत्र तोड्न खोजेकाले लाठी चार्ज र पानीको फोहोरा हानेको प्रतिक्रिया दिएको छ ।
आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीको दुबै आँखामा पानीको फोहोराले हानेर गम्भीरु घाइते भएकी छिन् उनको सिभिल अस्पतामा उपचार हुन नसकेपछि तिलगंगा अस्पतालमा उपचार भइरहेको छ।
अन्य शिक्षकहरुको सिभिल अस्पतालमा उपचार भएको र केही शिक्षकहरु उपचारपछि घर फर्केका छन् ।
शिक्षक आन्दोलनको माग पुरा गर्नुको बदला सरकारले दमनको नीति लिएको भन्दै चौतर्फी आलोचना र विरोध भएको छ ।
प्रेस सेन्टर नेपालले प्रहरीले हानेको पानीको फोहोराले स्थलगत रिपोर्टिङमा रहनुभएकी प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीको दुवै आँखामा गम्भीर चोट लागेको घटनाको भत्र्सना गगरेको छ । आज एक विज्ञप्ति प्रकाशीत गर्दै सेन्टरले घाइते पत्रकारको निशुल्क उपचार र दोषीमाथि कार्वाहीको माग गरेको छ ।