मजोज गजुरेलले विदेशमा गरे प्यारालाइसिस पीडित नेपालीकोे उद्धार

काठमाडौं, ११ चैत ।
tamang vai manojनेपालबाट विदेशी भुमिमा कार्यक्रम गर्न पुगेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विदेशमा पनि नेपालीत्व प्रदर्शन गरेका छन् । गजुरेलले गीत गाएर मात्र होइन प्यारालाइसिस पीडित एक नेपाली युवाको उद्धार पनि गरेका छन् । रामेछापको दोरम्बा घर भएका युगमान तामांगलाई उद्धार गरेर नेपाल ल्याउने गजुरेलले गरेका छन् । तामाङ्ग बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका बेला ११ दिन अघि काम गर्दा गर्दै वेहोस भएर ढलेका थिए । उनलाई ब्रेन ह्यामरेज एपछि प्यारालासिस समेत भएको थियो ।

गजुरेलले उनलाई उद्धार गरी आफूसँगै नेपाल ल्याउन लागेको जानकारी आफ्नो फेसबुकमार्फत गराएका छन् । दुई थापा हाँसो टोलीको नेतृत्व गरेर मलेसिया पुगेका गजुरेलको या कार्यले मलेसियामात्रै होइन सर्बत्र स्वागत पाउनेछ ।
उनले आफ्नो फेसबुक स्टासमा जीवन शर्माको चर्चीत गीत उल्लेख गर्दै नेपालीले विदेशमा पाएको दुखको बर्णन पनि गरेका छन् ।
डुल्दै हिड्दा मलायामा, नेपालीको कथा भेटेको,
आँसु, रगत, पसिनामा जीवनगाथा साटेको,
भेटें मैले मजदुर साथी घर बनाउनेलाइ,
तातो बाफमा प्राण राखी जीवन बचाउनेलाइ,
भेटें मैले आफ्नै भाइ भाँडा खोकल्नेलाई
कुल्ली काम देशमा नपाई बिदेशमा धाएको देखियो,
भोक, रोग, शोक बोकि स्वदेशमा आएको भेटियो ।