पाकिस्तानमा होली मनाउने क्रममा १७ को मृत्यु ,३७ अस्पताल भर्ना

काठमाडौं ,१० चैत ।
holi1

पाकिस्तानमा होली मनाउने क्रममा १७ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीको बसोबास रहेको टाँडो मुहम्मद खान जिल्लामा सो घटना भएको हो ।

दक्षिणी पाकिस्तानमा भएको सो घटनामा ३७ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

अधिकारीहरुका अनुसार होली मनाउने क्रममा घरेलु मदिरा सेवन गर्दा १७ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।

पाकिस्तानमा पहिलो पटक होलीमा सार्वजनिक विदा घोषणा गरिएको छ । अल्पसंख्यक हिन्दुका लागि पाकिस्तानमा सार्वजनिक बिदाले उत्साह थपेको थियो । तर होलीको पूर्वसन्ध्यामा मंगलबार भएको यो घटनाले सो क्षेत्रलाई शोकमा डुबाएको छ ।

प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पाकिस्तानमा गैर मुस्लिमका लागि मदिरा बेचबिखनका लागि सीमित केहीलाई मात्र इजाजत दिइएको छ । (एजेन्सी)