इजिप्टमा आइएसको आक्रमणबाट १३ प्रहरीको मृत्यु

काठमाडौं ,७ चैत ।
resize_image.php
इस्लामिक अतिवादी संगठन आइएसको आक्रमणमा परि इजिप्टमा १३ जना प्रहरीको मृत्यु भएको छ । अधिकारीका अनुसार प्रहरीको सुरक्षा जाँच केन्द्रमा आइएसले मोर्टार आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । इजिप्टको सिनाई प्रान्तमा भएको आक्रमणको आइएसले जिम्मा लिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा जिहादी समूहका लडाकुले सयौं सुरक्षाकर्मीमाथि आक्रमण गरी हत्या गरेको थियो । पछिल्लो समय आइएसले सुरक्षा बलका ब्यक्तिमाथि आक्रमण गर्दै आएको छ ।