सेवाग्राहीले सोधे ,सौचालय किन यति फोहोर ? सरकारी कर्मचारीको जवाफ ,सौचालय पनि सफा हुन्छ र ?(फोटोफिचर)

 

काठमाडौं ,५ चैत ।
12595965_812265402213198_683648754_n

सौचालय भन्ने बित्तीकै दिसापिसाब अर्थात सौच गर्ने निश्चित घर हो ।हामी जहाँ बस्छौं त्यहाँ अनिबार्य सौचालय हुनैपर्छ ।अहिलेको २१ औं शताब्दीको समयमा सौचालय बिनाको घरमा मानिस बस्नपनि सक्दैन । कतिपय ग्रामिण क्षेत्रमा खुला चौर,खोल्साखाल्सी वा जंगललाई सौच गर्ने ठाउँको रुपमा प्रयोग गरिन्थ्यो वा गरिदैछ, । यस्ता ठाउँमा अहिले सरकारले नै खुला दिशामुक्त अभियान नै चलाएर सौचालय निर्माण गर्ने योजनालाई कार्यन्वयन गरिरहेको छ ।सरकारको योजनालाई सफल पार्न सरकारी कर्मचारी नै खटिरहेका छन् । तर नेपालका सरकारी कार्यलयका सौचालय भने सरकारके दिशामुक्त अभियानलाई चुनौती दिर्ईरहेका छन् ।
उदाहरणका लागी उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी ,भक्तपुरको सौचालयले प्रष्ट्याउछ ।

 

12087447_812265438879861_957777481_n
सौचालय भनेको दिशापिसाव गर्ने गोप्य ठाउँ हो , यो ठाउँ सफा हुनुपर्छ । जहाँ प्रयाप्त पानी,सौच गरिसकेपछि हातखुट्टा धुने साबुन , सौचालय सफा गर्ने ब्रस,हार्पिकजस्ता अनिबार्य सामानहरुको आबश्यकता हुन्छ । तर उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी ,भक्तपुरको सौचालयमा भने यी कुराहरु छैनन् ।

12516349_812265418879863_1279973656_n
यो कार्यालयका कर्र्मचारीहरुलार्ई सौचालय फोहर भएको कुरा गर्र्र्दा सौचालय त फोहर हुने ठाउँ त हो नी भनेर उल्टो प्र्रश्न गर्छन् । आम नागरिकलाई ज्ञान दिने उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी , भक्तपुरको सौचालय फोहोर हुनुमा त्यहाँको कचारीतन्त्र जवाफदेही छ ।