के तपाई विदेश जाँदै हुनुहुन्छ ? वैदेशिक रोजगारीमा जाँदा निम्न कुरामा ध्यान दिनुपर्छ ।

काठमाडौं ,४ चैत ।

16032016051246Employment-600x0
आफ्नो दक्षता वा सीपअनुसारको कामका लागि आवेदन पेस गर्ने ।आधिकारिक एवं विश्वसनीय म्यानपावरमै गएर आवश्यक प्रक्रियाका सम्बन्धमा जानकारी लिने । दलालमार्फत काम गर्दा खर्च त बढी लाग्छ नै, ठगिने सम्भावना पनि उत्तीकै हुन्छ ।

कुन देशको कुन कम्पनीमा जाने हो, विस्तृत जानकारी लिने । त्यहाँ गर्नुपर्ने काम, खट्नुपर्ने समय, सेवा सुविधा, पारिश्रमिकजस्ता कुरामा स्पष्ट हुने ।

    उक्त मुलुकमा जान चाहिने लागत बुझ्ने र सम्बन्धित स्थानमा पैसा बुझाएर त्यसको आधिकारिक भर्पाई लिने ।

    वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर मात्र विदेश जाने ।

    विदेशबाट फर्किएकाहरूसँग आवश्यक परामर्श लिने ।

दुर्घटना बिमा गरेर मात्र विदेश जाने ।

नक्कली कागजात बनाएर वैदेशिक रोजगारीमा जानु हुँदैन।

विदेश जाँदा स्वदेशी विमानस्थलबाट मात्र जानुपर्छ ।

आफू जाने मुलुकको भौगोलिक अवस्था, हावापानी, धर्म–कानुन आदिका बारेमा विस्तृत जानकारी लिनुपर्छ ।

वैदेशिक रोजगारीमा जाँदा आवश्यक कागजातको एकप्रति आफू र परिवारका साथमा राख्नुपर्छ ।

आफू ठगिएको थाहा पाउनेबित्तिकै वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ ।

सरकारले निषेध गरेको देश जानु भनेको आफैं ठगिनु हो ।

आफूले काम गर्ने मुलुकको नेपाली राजदूतावास, श्रम सहचारी, गैरआवासीय नेपाली संघ आदिको सम्पर्क नम्बर राख्नुपर्छ ।

नियमित परिवारको सम्पर्कमा रहनुपर्छ ।

विदेशबाट पैसा पठाउँदा भरपर्दो एवं विश्वासनीय प्रकिया अपनाउनुपर्छ । बैंकिङ प्रक्रियाबाट पैसा पठाउनु बढी सुरक्षित हुन्छ ।

-साप्ताहिकबाट