घाँटीमा गोली लागेपछि लेनिन जमिनमा लड्नुभयो

 

काठमाडौं , ३ चैत ।

images-600-358x300

सोभियत राजधानी मस्कोस्थित एक विशाल फेक्ट्रीको हलमा आफ्ना प्रिय नेताको भाषण सुन्न जम्मा भएका मजदुरहरूका आखा एकैछिनपछि रसाउलान् भनेर कसैले सोचेको थिएन । मजदुरसभालाई सम्बोधन गरेपछि भ्लादिमिर इल्यिच उल्यानोभ लेनिन क्रेमलिनतर्फ फर्कनेक्रममा आफ्नो कारतर्फ पैदल जाँदै हुनुहुन्थ्यो ।

यति नै बेला मजदुर सहयोद्धाले झैं एक महिलाले पछाडिबाट उहालाई बोलाइन् ‘कमरेड लेनिन’ कमरेड जस्तो प्रिय शब्द प्रयोग गरेर कसैले सम्बोधन गरेको सुनेपछि लेनिन आवाज आएतिर फर्कनुभयो तर अफसोस ती महिलाले लेनिनमाथि धडाधड तीन पटक गोली प्रहार गरिन् ।

पहिलो गोली लेनिनको पाखुरामा लाग्न पुग्यो । दोस्रो गोली उहाको घाँटीमा लाग्न पुग्यो । तेस्रो गोलीले भने लेनिनको कोटलाई मात्र छोएर गयो । घाँटीमा गोली लागेपछि लेनिन जमिनमा लड्नुभयो र बेहोस हुनुभयो ।

सन् १९१८ अगस्ट ३० को त्यो कालो दिन संसारभरिका सर्वहाराका आँखाबाट आँसु खसाल्ने गरी आयो । आफ्ना प्रिय नेताको कसैले हत्या गर्ने दुस्साहस गरेकोमा सर्वहारावर्ग आक्रोशित बने तर ती क्रूर महिला जसले सर्वहाराका महान् नेता लेनिनमाथि गोली प्रहार गर्ने दुस्साहस गरिन्, ती थिइन् फ्यानी कापलान ।

सोसलिष्ट रिभ्युलसनरी पार्टीकी सदस्य कापलानले किन लेनिनलाई गोली प्रहार गरिन् ? यसको स्पष्ट कारण अझै रहस्यमै छ तर विश्लेषकहरू लेनिनको लोकप्रियता बढ्दै गएको र मजदुरहरूको राज्यसत्ता स्थापना भएको अवस्थामा मध्यपन्थी सोसलिष्ट रिभ्युलसनरी पार्टी लेनिनदेखि क्रुद्ध हुनु नै यस घटनाको मुख्य कारण भएको बताउँछन् ।

सन् १९१८ अगस्ट ३० को त्यो कालो दिन संसारभरिका सर्वहाराका आँखाबाट आँसु खसाल्ने गरी आयो । आफ्ना प्रिय नेताको कसैले हत्या गर्ने दुस्साहस गरेकोमा सर्वहारावर्ग आक्रोशित बने तर ती क्रूर महिला जसले सर्वहाराका महान् नेता लेनिनमाथि गोली प्रहार गर्ने दुस्साहस गरिन्, ती थिइन् फ्यानी कापलान ।1462282152_a2b6b9e67c_z-358x278

त्यसो त लेनिनमाथि गरिएको यो दोस्रो हत्या प्रयास थियो । सन् १९१८ जनवरी १४ मा पेट्रोग्रादमा सार्वजनिक सम्बोधन गरेपछि लेनिन र फ्रिट्ज प्लाटेन कारमा फर्कदै गर्दा एक अज्ञात बन्दुकधारीले उहाँहरूमाथि गोली बर्साएको थियो । कारको पछिल्लो सिटमा बस्नुभएका लेनिनलाई बचाउन प्लाटेनले आफ्नो शरीरले छोप्नुभएको थियो । लेनिनलाई बचाउँदा लागेका गोलीबाट प्लाटेनका हातहरू रगतले लतपतिएका थिए ।

अगस्टको घटनामा गोली लागेपछि बेहोस हुनु भएका लेनिनलाई क्रेमलिन पु¥याइयो । अस्पतालमा पनि आफ्नो हत्या गर्ने प्रयास हुन सक्छ भन्ने लेनिनलाई लागेकोले उहाँले अस्पताल जान अस्वीकार गर्नुभयो । चिकित्सकहरूलाई गोली निकाल्न आग्रह गरिए तापनि घाँटीभित्र रहेको गोली निकाल्दा खतरापूर्ण हुने स्थिति देखिएपछि सन् १९२२ अप्रिल २४ मा जर्मन चिकित्सकले ननिकाल्दासम्म सो गोली घाँटीमै रह्यो ।

हुन त गोली प्रहारबाट लेनिनको फोक्सो छेडिएको हल्ला सोभियत संघलगायत विश्वभरि फैलियो तर लेनिनको फोक्सो छेडिएको नभई गोलीले लागेको घाउबाट उहाँको एउटा फोक्सोमा रगत बगेको थियो जुन निकै खतरापूर्ण मानिन्थ्यो । यिनै गोलीका कारण पटक पटक लेनिनलाई हृदयघात भएको मानिन्छ ।

गोली निकालेको एक महिना नबित्दै मे १९२२ मा लेनिनलाई पहिलोपटक हृदयघात भयो । जसले गर्दा उहाँको दायाँ भाग आंशिक पक्षघात हुन पुग्यो । जसले गर्दा सरकारमा उहाँको भूमिका घट्दै गयो । यसै वर्षको डिसेम्बरमा भएको दोस्रो हृदयघातपछि लेनिनले क्रियाशील राजनीतिक जीवनबाट अवकास लिनुभयो । मार्च १९२३ मा उहाँ तेस्रो पटक हृदयघातबाट पीडित बन्नुभयो ।

पहिलो हृदयघातपछि लेनिनले आफ्ना थुप्रै रचनाहरू उहाँकी जीवनसंगिनी नाजेज्दा क्रुप्सकायालाई सुम्पनुभयो । यसमा केही सरकार र पार्टीको स्थितिका सम्बन्धमा लेखिएका दस्तावेजहरूसमेत थिए । जोसेफ स्टालिन, ग्रिगोरी जिनोभिभ, लेभ कामेनेभ, निकोलाई बुखारिन र लियोन ट्रस्कीलगायतका वरिष्ठ नेताहरूका व्यवहार र क्रान्तिप्रति उनीहरूको दृष्टिकोणमा देखिएका समस्या सम्बन्धमा लेनिनले आफ्नो इच्छा पत्रमा उल्लेख गर्नुभएको थियो ।

बोल्सेभिक आन्दोलनलाई दबाउन श्वेतहरूको लिगमा सहभागी भएका बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले समेत लेनिनको मृत्युमा यसो भनेका थिए– ‘उहाँ एक्लैले क्रान्ति स्थगित गर्ने बाटो पहिल्याउन सक्नुहुन्थ्यो । रुसी जनताहरू व्यर्थ संघर्षको दलदलमा छाडिएका छन् । उनीहरूको सबैभन्दा दुर्भाग्य लेनिनको जन्म थियो र अर्को दुर्भाग्य लेनिनको मृत्यु बन्यो ।’

लेनिनको मृत्युपछि क्रुप्सकायाले लेनिनका इच्छापत्र केन्द्रीय समितिमा पढ्नका लागि पठाउनुभए तापनि सन् १९२४ मेमा भएको बोल्सेभिक पार्टीको १३ औं सम्मेलनमा स्टालिन, कामेनेभ र जिनोभिभहरूले यसलाई सार्वजनिक नगर्ने निर्णय गरे ।

गोर्की लेनिनस्कीस्थित आफ्नै निवासमा सन् १९२४ जनवरी २१ को साँझ ६ः५० बजे यस संसारबाट एउटा महान् चिन्तक, संगठक एवं क्रान्ति योद्धा लेनिनले ५३ वर्षको उमेरमा बिदा लिनुभयो । अन्तिम विदाईका लागि लेनिनको पार्थिव शरीर चार दिनसम्म उहाँकै निवासमा राखियो जहाँ ९ लाख जनताले श्रद्धाञ्जली अर्पण गरे । संसारभरका श्रमजीवि जनताले लेनिनको मृत्युमा आ–आफ्नो स्थानबाट शोक व्यक्त गरे ।

लेनिनको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै चिनियाँ प्रधानमन्त्री सन यात सेनले भनेका थिए ‘विश्व इतिहासमा हजारौं नेता तथा बुद्धिजीविहरू आए जसले चलाखी शब्दमा बोले तर ती सबै शब्दमा मात्र सिमित रहे । तपाईंं लेनिन, अपवाद हुनुहुन्थ्यो । तपाईंंले बोल्नु मात्र भएन, हामीलाई सिकाउनु मात्र भएन बरु आफ्नो शब्दलाई काममा रूपान्तरण पनि गर्नुभयो । तपाईंले नयाँ देश बनाउनुभयो । तपाईंले हामीलाई संयुक्त संघर्षको बाटो देखाउनुभयो ।

तपाईं त्यस्तो महान् व्यक्तित्व हुनुहुन्थ्यो जो शताब्दीयौंसम्म शोषित पीडितको स्मरणमा जीवित रहिरहनुहुनेछ ।’ बोल्सेभिक आन्दोलनलाई दबाउन श्वेतहरूको लिगमा सहभागी भएका बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले समेत लेनिनको मृत्युमा यसो भनेका थिए– ‘उहाँ एक्लैले क्रान्ति स्थगित गर्ने बाटो पहिल्याउन सक्नुहुन्थ्यो । रुसी जनताहरू व्यर्थ संघर्षको दलदलमा छाडिएका छन् । उनीहरूको सबैभन्दा दुर्भाग्य लेनिनको जन्म थियो र अर्को दुर्भाग्य लेनिनको मृत्यु बन्यो ।’

लेनिनको मृत्यु भएको तीन दिनपछि उहाँको सम्मानमा पेट्रोग्राद सहरको नाम लेनिनग्रादमा फेरियो र सन् १९९१ मा सोभियत युनियन विघटन नहुँदासम्म यही नाम यथावत रह्यो । लियोनिड क्रासिन र अलेक्जान्डर बोगदानोभले लेनिनको शवलाई जस्ताको तस्तै संरक्षण गर्ने प्रस्ताव राखेका थिए ।

यो प्रविधिबाट राखिएको सुरक्षित शवमा भविष्यमा प्राण हाल्न सक्ने सम्भावना रहने मानिन्थ्यो । यसका लागि आवश्यक उपकरणहरू समेत विदेशबाट खरिद गरिएको थियो तर विभिन्न कारणले यो योजनाले मूर्तरूप लिन सकेन । यसपछि लेनिनको शवलाई सुगन्धित औषधि प्रयोग गरी मस्कोस्थित समाधिमा सन् १९२४ जनवरी २७ मा समाधिस्थ गरियो ।-

जनपाटीबाट