के परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? तनावबाट मुक्त रहन यसो गर्नुहोस्

exam tensionफलामे ढोकाको रुपमा चित्रीत एसएलसी परीक्षा आउँदैछ । तपाई त्यसको तयारीमा व्यस्त हुनुहुन्छ होला । परीक्षाको तयारी गरिरहँदा तनावबाट मुक्त रहनुपर्दछ । तनाबबाट मुक्त रहन के गर्नुपर्छ पढ्नुहोस ।
शारीरिक : अत्यधिक तनाव झेल्ने परीक्षार्थीको मुटुको गति तीव्र हुन्छ । मांसपेसीमा तनाव, हातखुट्टा चिस्सिने, सुन्निने, मुख सुक्ने आदि लक्षण देखापर्न थाल्छ ।

मानसिक : मानसिक तनावमा विद्यार्थी एकाग्र हुन पाउँदैनन् । आत्मविश्वासको अभाव महसुस हुन थाल्छ । बिना कुनै कारण थकान महसुस हुन्छ ।

भावात्मक : विद्यार्थी रिसालु प्रवृत्तिको हुन्छ । उसमा नकारात्मक भावना देखा पर्छ ।

व्यवहारिक : भोक नलाग्नु, निद्रा नलाग्नु, नङ टोक्नु, केश तान्नुजस्ता क्रिया देखापर्न थाल्छ ।

परीक्षाको तनाव हावी भएको खण्डमा विद्यार्थीले निम्नलिखित उपाय अपनाउन सक्छन् :
    परीक्षाको रुटिन अनुसार अध्ययनको टाइमटेबल बनाउनुपर्छ ।

    परीक्षाको तयारी बाहेक अरु सबै कामलाई केही दिनका लागि थाँती राख्नुपर्छ ।

    अध्ययन गर्ने स्थान एकान्त तर सुविधाजनक तथा आरामदायी हुनुपर्छ ।

    पहिले सरल पाठ याद गर्नुपर्छ जसले गर्दा आत्मविश्वास वृद्धि हुन्छ । मुख्य बुँदाहरूलाई टिप्ने बानी बसाल्नुपर्छ । यसले विद्यार्थीको लेख्ने गति पनि बढ्छ र परीक्षामा कुनै प्रश्न छोड्नु पनि पर्दैन ।

    रिभाइज गर्न बिर्सनुहुँदैन र कठिन विषयका लागि आवश्यकताअनुसार विशेषज्ञको सल्लाह पनि लिनुपर्छ । पढ्ने समयमा ध्यान त्यही विषयमा लगाइरहनुपर्छ, अर्को नपढिएको विषयका बारेमा सोच्नुहुँदैन ।

    पर्याप्त आराम र निद्रा लिनुपर्छ । निद्रा पूरा नहुँदा पनि व्यक्ति मानसिक तनावको सिकार हुन्छ ।

    भोजन हल्का र सुपाच्य हुनुपर्छ । तेलमा तारिएको खानेकुराले पेट भारी हुन्छ र निद्रा पनि लाग्न थाल्छ । चियाकफी जस्ता उत्तेजक पेय पदार्थ अधिक मात्रामा पिउनुहुँदैन ।

    केही समय मनोरञ्जनका लागि पनि निकाल्नुपर्छ ।

    रातभरि जाग्राम बसेर पढ्नु हुँदैन किनभने यसले विद्यार्थीको स्लीपिङ साइकल बदलिन सक्छ । जसले मस्तिष्कको एकाग्रता भंग हुन्छ ।

    केवल परीक्षाफललाई नै आफ्नो सफलताको आधार बनाउनुहुँदैन । जीवनमा सफल हुनु र परीक्षामा सफल हुनु दुई अलग कुरा हुन् ।

रिल्याक्सेसन टेक्निक

मेडिटेसन वा डी ब्रिदिङ एक्सरसाइज, ब्रिस्क बैंकिङ वा हल्काफुल्का व्यायाम गरेर विद्यार्थीले स्वयंलाई तरोताजा राख्न सक्छन् ।

परीक्षाको यथासम्भव तयारीपछि तनावमुक्त रहनुपर्छ । ध्यान राखौँ कि कुनै पनि व्यक्ति पूर्ण हुँदैन । आफ्नो गल्तीबाट सिक्नुपर्छ र त्यसमा सुधार गर्दै लानुपर्छ ।

http://bit.ly/1M4h0QJ