मंसिर ७ गते प्रचण्ड लमजुङ आउँदै
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंसिर ७ गते लमजुङ आउने भएका छन् ।
पार्टीका केन्द्रीय सल्लाहकार एवम् जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य कमरेड पूर्णबहादुर गुरुङ डाँफेकाे श्रद्धाञ्जली सभामा सहभागी हुन उनी लमजुङ आउन लागेका नेकपा लमजुङले जनाएको छ ।
नेकपा लमजुङका संयाेजक सुनिल सुनार अटलले निधन भएका नेता गुरूङकाे घरको प्राङ्गणमा दूधपोखरी गाउँपालिका वडा नं ३ सानो काभ्रेमा मंसीर ७ गते दिनको ठिक १२ बजे प्रचण्डको विशेष उपस्थितिमा श्रद्धाञ्जली सभा गर्ने जानकारी दिए ।
आयाेजकलेे साे कार्यक्रममा जिल्लास्थित पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश तथा जिल्ला समितिका सदस्यहरू, जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू, सम्पूर्ण पार्टी सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू र जनसमुदायको उपस्थिति रहने बताएका छन् ।
गुरूङकाे २०८३ साल असोज २२ गते निवासमै निधन भएको थियाे । गुरूङ नेपाली कम्युनिस्ट आन्दोलनका एक निष्ठावान, त्यागी, समर्पित तथा अग्रज योद्धा, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य रहेका थिए ।





