निर्वाचन आयाेगले आज दलका शिर्ष नेतासँग छलफल गर्दै
निर्वाचन आयोगले आज शुक्रबार प्रतिनिधिसभाको राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूसँग आगामी आसन्न स्थानिय तथा प्रदेश तहकाे निर्वाचनबारे छलफल गर्न लागेकाे छ । आयाेगले दलहरूलाई छलफलका लागि बोलाएको छ ।
आयोगले अरु होइन, दलकै शीर्ष नेतृत्वलाई सहभागी हुन पत्र पठाएको छ । पत्रमा एजेण्डाबारे भनिएको छ, ‘आसन्न निर्वाचनबारे छलफल गर्ने ।’
कुन/कुन तहको निर्वाचन गर्ने भन्नेबारे स्पष्ट नभएको, मिति यकिन गर्न समेत गार्हो भएको अवस्थामा आयोगका पदाधिकारीहरूले आपसी सल्लाहबाट ‘आसन्न निर्वाचन’ शीर्षक राखेर छलफलमा डाकेका हुन् ।
छलफलका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल नेतृत्वलाई डाकिएको छ ।
आगामी ६ जेठ, २०८४ मा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे पदावधि सकिँँदैछ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा ‘गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि गाँउ/नगरसभा सदस्यको निर्वाचन हुनेछ’ भन्ने व्यवस्था छ ।
उक्त कानूनी व्यवस्थाको पालना गर्ने हो भने ६ चैत, २०८२ मा स्थानीय तहको निर्वाचन हुनुपर्छ ।
निर्वाचन आयोगले यही कानूनी व्यवस्था देखाएर राजनीतिक दलहरूसँग आगामी निर्वाचनका बारेमा परामर्श गर्न खोजेको देखिन्छ ।





