सेन्जनमा एपेक सम्मेलन हुँदै, चिनले तान्दैछ विश्वकाे ध्यान
चिनले फेरि एकपटक विश्वकाे ध्यान आफुतिर तान्दैछ । नाेभेम्बर १७ देखि १८ सम्म चिनकाे सेन्जेनमा हुन लागेकाे एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनले विश्वकाे ध्यान तानेकाे हाे ।
सेन्जेनमा एपेकका १२ सदस्य अर्थतन्त्रका शीर्ष नेताहरू एपेक सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् ।
चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयाेजित सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो ।
सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अष्ट्रेलिया, क्यानडा, चिली, चीनको हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनामका नेताहरू सम्मेलनमा सहभागी हुनेछन् ।





