सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना, १ जनाकाे मृत्यु, २ जना घाइते

मूलखबर संवाददाता
काठमाडौं

सोलुखुम्बुमा हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको अन्नपूर्णलाई जानकारी दिए।

उनले भने, ‘खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा अवस्थित फेरिचे हेलिप्याडमा बिहान सवा ८ मा दुर्घटना भएको हो।

घटनामा १ जना भारतिय पर्यटककाे मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।