आजको माैसम : हिमाली र पहाडी भेगमा बादल र वर्षाकाे सम्भावना

मूलखबर संवाददाता
काठमाडौं, १७ कात्तिक

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेकाे छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।