गगन रविलाई प्रचण्डको धन्यवाद, लाेकतन्त्र र संविधान बचाउन सहकार्यकाे अपिल

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले क्रमभंग गरेकामा कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।

कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्डले  मुलुक अराजकतातिर जाने जोखिम भएकाले राजनीतिक शक्ति मिलेर जानुपर्ने बताए । ‘देश, लोकतन्त्र अप्ठ्यारोमा छ । संविधान अप्ठ्यारोमा सरकारका कतिपय अभिव्यक्ति र गतिविधिले स्वेच्छाचारीतिर देश जाने हो कि भन्ने खतरा पैदा भएको छ,’ उनले भने, ‘सबै राजनीतिक शक्ति मिलेर जान जरुरी छ ।’ आउने दिनमा एउटा समझदारीसहित समृद्धितिर जानुपर्ने उनको भनाइ थियो ।