नेकपा प्रचार विभागकाे बैठक सम्पन्न, सचिवमा थापा चयन

मूलखबर संवाददाता
काठमाडौं, १८ असाेज

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार विभागकाे प्रथम बैठक सम्पन्न भएको छ ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवक्ता प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा विभाग प्रमुख रेखा शर्माको अध्यक्षतामा सम्पन्न बैठकले बलराम थापालाई सचिवमा चयन गरेको छ । विभागका उपप्रमुख अशेष घिमिरेकाे सन्चालनमा सम्पन्न बैठमा पार्टीको प्रचार नीति र आगामी कार्ययाेजना निर्माणबारे महत्त्वपूर्ण माम गर्ने विभाग प्रमुख शर्माले बताउनुभयाे ।

बैठकमा आफ्नो धारणा राख्दै प्रवक्ता प्रकाश ज्वालाले प्रचारकाे क्षेत्र सुदृढ नगरी सम्भावित चुनावी युद्व र समाजवादी क्रान्तिमा विजय हासिल गर्न नसकिने बताउनुभयाे ।

बैठकमा भाैतिक तथा भर्चुअल सहभागीहरूले पार्टीले एकताका काम छिटो सम्पन्न गर्नुपर्ने, मिडिया रणनीति बनाउनुपर्ने, प्रचारकाे कामलाई पार्टीले विशेष महत्त्व दिनुपर्ने सुझाव दिएका थिए ।

बैठकले सात भाैगाेलीक र तीन गैरभाैगाेलीक प्रदेश तथा विभिन्न विधागत क्षेत्रमा प्रचार समन्वयको लागि सदस्यहरूलाई जिम्मेवारी ठाेस गरेकाे सचिव थापाले बताउनुभयो ।

साथै बैठकले प्रगतिशील, वामपन्थी र समाजवादी पत्रकारहरूकाे एक बृहत् भेला तथा अन्तरक्रिया आयाेजना गर्ने निर्णय पनि गरेकाे र मिति पछि तय गर्ने  निर्णय गरेकाे थापाले बताउनुभयो । विभागमा ३५ जना सदस्य रहेका छन् ।