शुरू भयाे कांग्रेस महाधिवेशन, प्रचण्डसहित नेताहरू पुगे खुलामञ्चमा, देउवाकाे वहिष्कार
नेपाली कांग्रेसकाे संस्थापन पक्षले आयाेजना गरेको १५ ओैं महाधिवेशन काठमाडौं खुलामञ्चमा शुरू भएको छ ।
महाधिवेशनमा अतिथिकाे रूपमा सहभागी हुन नेकपा संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई सहित नेकपा एमालेका महासचिव शंकर पाेखरेल, रास्वपाका सभापति रवि लामिछानेलगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् ।
कांग्रेस सभापति गगन थापाकाे सभापतित्वमा रहेकाे महाधिवेशनमा पुर्व सभापति शेरबहादुर देउवा र उनी पक्षिय नेता कार्यकर्ताहरूले वहिष्कार गरेका छन् ।



