रामेछाप जाँदै गरेको जिप सिन्धुलिमा दुर्घटना, ८ घाइते
काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जिप बुधबार बिहान दुर्घटनामा परेको छ । सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् ।



