चिनियाँ कम्युनिस्ट पार्टी निर्माण र चिनियाँ शैलीको विकासमा नेतृत्वको भूमिका

नवराज शर्मा पाण्डे

सन् १९४९ देखि चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’ ले चीनमा ७७ वर्षदेखि निरन्तर शासन गर्दै आएको छ । सीपीसीले गर्ने निर्णय र निर्णयको कार्यान्वयनमा विश्वका अधिकांश मुलुकको व्यापक चासो छ। सीपीसी केन्द्रीय समितिको पार्टी स्कुलका प्राध्यापक तथा अनुसन्धानकर्ता शन चुआनलियाङको किताब ‘सीपीसीले कसरी निर्णय लिन्छ?’ चीनको शासनकालसँगै सन् १९७८ देखि सुरु भएको सुधार र खुलापनपछि त्यहाँ विकसित नयाँ राजनीतिक ढाँचालगायत समग्र विषयलाई समेटेर सीपीसीको विकासक्रम र यसको निर्णय तथा कार्यशैलीलाई गहन उदाहरणसहित व्याख्या गरेका छन् ।

चीनका बारेमा फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले भनेका थिए,‘त्यहाँ एउटा भीमकाय शक्ति सुतिरहेको छ, त्यसलाई सुत्न देऊ, जब त्यो ब्यूँझन्छ, संसार हल्लिनेछ ।’ विगतको यो भनाइ आज सत्य साबित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनलेआर्थिक, सामरिक, रणनीतिक, भौतिक, सैन्य तथा प्रविधिका क्षेत्रमाजुन विकास गर्‍यो, त्यसले चीनलाई विश्व रंगमञ्चमा श्रेष्ठता हासिल गर्ने बाटोमा पुर्‍यायो। आज सीपीसीलाई केवल विश्वको शक्तिशाली पार्टी मात्र मानिँदैन, बरु पाँच हजार वर्ष पुरानो सभ्यता भएको मुलुकमा शासन गरिरहेको वैचारिक प्रवाहका रूपमा हेरिन्छ । यसैले चीनलाई बुझ्न खोज्नेले पहिला सीपीसीको स्वरूप र यसको सोचाइको तरिका बुझ्नु अपरिहार्य हुन्छ।

सन् १९२१ मा स्थापना भएको सीपीसी अहिले विश्वकै सबैभन्दा ठूलो पार्टी छ जसले १ अर्ब ४० करोड जनसंख्या भएको राष्ट्रको शासन गरिरहेको छ । बीसौं शताब्दीको सुरुतिर चीन आन्तरिक द्वन्द्व, बाह्य अतिक्रमण र संस्थागत क्षयिकरणमा थियो । पार्टीको स्थापनाले त्यही विगतबाट निर्णायक गति लियो र चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रसम्म पुर्‍यायो । अब एक नम्बर अर्थतन्त्र हुने मार्गमा छ । चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङका भनाइमा विगत १०५ वर्षको प्रयासले चिनियाँ जनताको भविष्य नै बदलिदिएको छ रयसले चीनको महान पुनर्जागरणको बाटो खोलेको छ ।

आज सीपीसीलाई केवल विश्वको शक्तिशाली पार्टी मात्र मानिँदैन, बरु पाँच हजार वर्ष पुरानो सभ्यता भएको मुलुकमा शासन गरिरहेको वैचारिक प्रवाहका रूपमा हेरिन्छ । यसैले चीनलाई बुझ्न खोज्नेले पहिला सीपीसीको स्वरूप र यसको सोचाइको तरिका बुझ्नु अपरिहार्य हुन्छ।

सीपीसीले आफ्नो आन्तरिक शासन पद्धतिलाई निरन्तर परिष्कृत गर्दैआएको बताउँछ, जुन कडा स्व-शासनको सामान्य आह्वानबाट ‘नयाँयुग’ का लागि थप विशिष्ट आवश्यकतातर्फ र अन्ततः अनुशासन लागू गर्ने पूर्ण संस्थागत प्रणालीतर्फ अगाडि बढ्दै गएको छ । यसले राजनीतिक, वैचारिक र संगठनात्मक तीनवटै आयामलाई समान रूपमा समेट्ने गरेको छ, र निरन्तर भ्रष्टाचारविरोधी अभियान तथा संस्था निर्माणको काम पनि अघि बढाएको छ ।

सन् १९८० को मार्चमा सीपीसी केन्द्रीय समितिले ‘आन्तरिक पार्टी राजनीतिक जीवनका मार्गदर्शक सिद्धान्त’ पारित गरेको थियो, जसमा सामूहिक नेतृत्वलाई पार्टी शासनको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्तमध्ये एक भनी उल्लेख गरियो । पार्टीले चीनको व्यापक विकासलाई अर्थात गरिबीबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्नेसम्मको यात्रालाई, प्रभावकारी नेतृत्व र सुदृढ संस्थाहरूको महत्त्वको प्रमाणका रूपमा प्रस्तुत गर्छ ।

सन् २०२६ को जुलाई १ मा सीपीसीको स्थापनाको १०५ औं वार्षिकोत्सव नजिकिँदै गर्दा बेइजिङमा पार्टी निर्माणसम्बन्धी एक राष्ट्रिय सम्मेलन भयो, जसले चीनको निरन्तर उच्च-गुणस्तरीय विकासको आधारका रूपमा आफ्नै शासन प्रणाली सुदृढ बनाउने गहन समीक्षा गर्दै सीपीसीको अगाडिको बाटोलाई थप उजागर गर्‍यो । सम्मेलनले पार्टीको स्वशासनलाई देशको व्यापक विकास आयामबाट अलग गर्न नसकिने विषयका रूपमा प्रस्तुत गर्‍यो । विगत शताब्दीभरि सीपीसीले पटक-पटक आफूलाई नवीकरण गर्दै आएको छ जसका कारण चीनलाई क्रान्ति, राष्ट्र-निर्माण र सुधारका माध्यमबाट अगाडि बढाउन सक्षम भएको र वर्तमान नेतृत्व अन्तर्गत ‘नयाँ युग’ सँग सम्बन्धित रूपान्तरण हासिल गर्न सफल भएको बताइन्छ । सम्मेलनले चीनलाई नयाँ ऐतिहासिक मोडमा उभिएको वर्णन गर्दै समापन गर्‍यो, जहाँ पार्टीनिर्माणलाई निरन्तर, कहिल्यै नसकिने कार्यको रूपमा प्रस्तुत गरियो, जुन अन्तर्राष्ट्रिय परिस्थिति जटिल हुँदा र आन्तरिक सुधारको मागबढ्दै जाँदा झन् बढी अत्यावश्यक हुँदै जाने अधिकारीहरूको भनाइ छ।

नेतृत्व र वैचारिकी

सन् २०१२ मा सीपीसीको १८औं राष्ट्रिय महाधिवेशनमा महासचिव बनेदेखि सी चिनफिङले पार्टीका लागि दीर्घकालीन शासन गर्न मार्क्सवादी पार्टी कसरी निर्माण र सञ्चालन गर्ने भन्ने आधारभूत प्रश्नको जवाफ दिने उद्देश्यले धेरै अवधारणा र रणनीति अगाडि सारेका छन् । सन् २०१३ मा उनी सत्तामा आएपछि ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा’ को विकास भएको छ, जसकै एउटा अंशका रूपमा पार्टी निर्माणसम्बन्धी सी चिनफिङ विचारधारालाई पार्टी निर्माणसम्बन्धी मार्क्सवादी चिन्तनमा ठूलो सैद्धान्तिक योगदान मानिन्छ ।

यस विचारधाराको मूल सिद्धान्तमा सीपीसीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको अत्यावश्यक विशेषता हुनुपर्ने, पार्टी केन्द्रीय समिति अन्तर्गत केन्द्रीकृत अधिकार कायम राख्नुपर्ने र कडा तथाव्यापक पार्टी स्व-शासन कुनै सम्झौता बिना अपनाउनुपर्ने मान्यता समावेश छन् । यो ढाँचालाई दुई मूल प्रश्नको पार्टी नेतृत्वको जवाफका रूपमा प्रस्तुत गरिन्छ, दीर्घकालीन शासनका लागि कस्तो प्रकारको मार्क्सवादी पार्टी आवश्यक छ, र त्यस्तो पार्टी कसरी निर्माण र कायम राख्नुपर्छ भन्ने। बेइजिङको सम्मेलनमा अधिकारीहरूले पार्टी केन्द्रीय समितिअन्तर्गत केन्द्रीकृत र एकीकृत नेतृत्व कायम राख्नु, आन्तरिक अनुशासनका कडा मापदण्ड लागू गर्नु, पार्टीको स्थापनाको उद्देश्य र मूल लक्ष्यसँग जोडिइरहनु, र सम्पूर्ण पार्टी-निर्माण कार्यमा राजनीतिक विकासलाई मार्गदर्शक प्राथमिकताको रूपमा व्यवहार गर्नु जस्ता सिद्धान्तलाई केन्द्रमा राखेका थिए । सम्मेलनले सदस्यहरूमाएकता निर्माण गर्न र वैचारिक प्रतिबद्धता सुदृढ गर्न पार्टीको विकसित सैद्धान्तिक दृष्टिकोण प्रयोग गर्न पनि आह्वान गर्‍यो ।

सन् २०१३ मा उनी सत्तामा आएपछि ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा’ को विकास भएको छ, जसकै एउटा अंशका रूपमा पार्टी निर्माणसम्बन्धी सी चिनफिङ विचारधारालाई पार्टी निर्माणसम्बन्धी मार्क्सवादी चिन्तनमा ठूलो सैद्धान्तिक योगदान मानिन्छ ।

यी संरचनात्मक सिद्धान्तभन्दा बाहिर सम्मेलनले राष्ट्रिय पुनरुत्थानलाई अगाडि बढाउन उपयुक्त सक्षम अधिकारी विकास गर्ने, पार्टीभित्र राम्रो आचरण सुदृढ गर्ने, र सम्पूर्ण संगठनभर कडा निगरानी र अनुशासन कायम राख्ने आवश्यकतामा जोड दियो । साथै भ्रष्टाचारविरुद्ध बहुस्तरीय दृष्टिकोण अपनाइएको बताइयो, जसमा अधिकारीलाई गलत काम गर्नबाट निरुत्साहित गर्ने, त्यसो गर्नबाट रोक्ने र सुरुमै त्यस्तो इच्छाबाट टाढा राख्ने वातावरण सिर्जना गर्ने कुरा समावेश थियो ।

पार्टीले सरकारभन्दा शासनलाई नै बढी प्रभावकारी बनाउन जोड दिन्छ । सम्मेलनमा अधिकारीहरूले नवप्रवर्तन-संचालित वृद्धि र राष्ट्रियपुनरुत्थानजस्ता लक्ष्य अन्ततः प्रभावकारी पार्टी नेतृत्व, बलियो संस्था र योग्य जनशक्तिमा निर्भर रहेको औंल्याएका थिए । चीनले हाल‘चिनियाँ आधुनिकीकरण’ अपनाइरहेको र सन् २०२६ देखि २०३० सम्मको १५औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्दै गरेको सन्दर्भमा अधिकारीहरूले चुनौतीपूर्ण विश्व परिदृश्य र महत्त्वपूर्ण आन्तरिक सुधार कार्यलाई सशक्त पार्टी नेतृत्व अझै किन आवश्यक छ भन्ने कारणका रूपमा औंल्याए । यस सन्दर्भमा पार्टी निर्माणलाई केवल राजनीतिक अभ्यास मात्र नभई आर्थिक र सामाजिक प्रगति कायम राख्नका लागि व्यावहारिक आवश्यकताको रूपमा वर्णन गरियो ।

चीनले भौतिक पूर्वाधार विकास र आर्थिक छलाङका माध्यमबाट एक्काइसौँ शताब्दीमा विश्व हाँक्ने प्राधिकार पाएको छ । चीनको उच्च गतिको रेल सञ्जाल यसको आधुनिकीकरणको एउटा उदाहरण हो । सन् २०२५ अन्त्यसम्म यो सञ्जाल ५० हजार किलोमिटर नाघेको छ, जुन संसारका बाँकी सबै मुलुकको भन्दा पनि लामो हो, र विश्वको समस्त उच्च गतिको रेल सञ्जालको करिब ७० प्रतिशत हिस्सा चीनसँग एक्लै छ । ५ लाख जनसंख्या भएका ९७ प्रतिशत चिनियाँ सहर आज यस्तै तीव्र गतिको रेलले जोडिएका छन् र सन् २०३० सम्म यो सञ्जाल ६० हजार किलोमिटर पुर्‍याउने लक्ष्य राखिएको छ । चीनले यो प्रविधि अन्य मुलुकमा पनि पुर्‍याइरहेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार सन् २०२५ मा चीनको कुल गार्हस्थ्य उत्पादन १४० खर्ब युआन र प्रतिव्यक्ति आम्दानी ९९ हजार ६६५ युआन अर्थात करिब १३ हजार ९५३ डलर नाघेको छ, जुन विश्व औसतभन्दा निकै माथिको वृद्धि हो । औद्योगिक स्तरोन्नति, आधुनिक कृषि विकास, सेवा क्षेत्रको विस्तार र उच्चस्तरीय बाह्य खुलापनमा पनि उल्लेखनीय प्रगति भएको छ । सन् १९४९ पछि गरिबीबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्नेसम्मको यात्रालाई प्रभावकारी नेतृत्व र सुदृढ संस्थाको महत्त्वको प्रमाणका रूपमा हेरिन्छ ।

तर भविष्यतर्फ हेर्दा असन्तुलित विकास, पुरानोबाट नयाँतर्फको संक्रमण र मुख्य क्षेत्रमा कायमै रहेका जोखिमजस्ता गम्भीर चुनौती पनि स्वीकार गरिएको छ । यसले पार्टीले यी कठिनाइ लामो समयसम्म रहिरहने र निरन्तर आत्म-सुधार आवश्यक पर्ने कुरा बुझेको संकेत गर्छ । यसरी प्रस्तुत गरिएको आधारभूत तर्क क्रमबद्ध छ र ठूला चुनौतीलाई सुदृढ शासन चाहिन्छ, सुदृढ शासनलाई थप सक्षम पार्टी चाहिन्छ, र सक्षम पार्टी सुदृढ सिद्धान्त, ठोस संस्था र निरन्तर आत्म-सुधारमा निर्भर हुन्छ । पार्टी निर्माणसम्बन्धी सी चिनफिङ विचारधारालाई यस प्रयासको मार्गदर्शक ढाँचाका रूपमा राखिएको छ, जसको उद्देश्य पार्टीलाई वैचारिक रूपमा एकीकृत गर्नु, यसको दृढतालाई तिखार्नु, र यस कार्यलाई समन्वय गर्नु हो, जसले अन्ततः चीनको आधुनिकीकरण र राष्ट्रिय पुनरुत्थानका लक्ष्यलाई समर्थन गर्छ ।

निर्णय प्रक्रिया

सन् १९४९ यताका वर्षमा सीपीसीले लोकतान्त्रिक, वैज्ञानिक तथापरामर्शमूलक निर्णय प्रक्रिया प्रवर्द्धन गर्न व्यापक प्रयास गर्दै आएको छ, र यस अवधारणालाई अगाडि बढाउन विभिन्न तरिका, मञ्च र प्रणाली विकास गरेको छ । यस विषयलाई ‘एकल वैचारिकी र छ आधारस्तम्भ’ भनेर शनको किताबमा वर्णन गरिएको छ । एकल वैचारिकीमा सीपीसीको जनमुखी दृष्टिकोणलाई व्याख्या गरिएको छ, जसमा जनतालाई केन्द्रमा राख्ने र जनताका विषय प्राथमिकतामा राख्नुले सीपीसीका निर्णय जनहितमा आधारित हुने भनिएको छ, भने ६ आधारस्तम्भमा लोकतान्त्रिक परामर्श, माथिदेखि तलसम्म र तलदेखि माथिसम्मको निरन्तर अन्तरक्रिया, निरन्तर नीति विकास, विज्ञानको सम्मान, कानुन पालना गर्ने प्रक्रिया र कार्यान्वयन दक्षता पर्दछन् । प्रमुख मार्गमा अन्तरपार्टी परामर्श, आन्तरिक पार्टी परामर्श र पार्टी-जनता परामर्श पर्छन्, भने प्रमुख मञ्चमा राजनीतिक परामर्शदात्रृ सम्मेलन, जनप्रतिनिधि सभा र सीपीसीको महाधिवेशन पर्दछन् ।

अन्तरपार्टी परामर्शले सत्तारूढ सीपीसी र अन्य आठ राजनीतिक दलबीचको परामर्शलाई जनाउँछ । सन् १९५० को दशकमा केही दलले सीपीसीको शासन क्षमता स्वीकार गर्दै आफूलाई विघटन गर्ने प्रस्ताव राखेका थिए, तर सीपीसीले यसमा सहमति जनाएन । सन् १९५६ को अप्रिलमा माओ त्सेतुङले भनेका थिए, ‘कुन बढी राम्रो हो? एउटै पार्टीवा धेरै पार्टी? अहिलेको अवस्था हेर्दा सायद धेरै पार्टी हुनु राम्रो हो, विगतमा पनि यस्तै भएको छ र भविष्यमा पनि यस्तै हुन सक्छ, यसको अर्थ हो दीर्घकालीन सहअस्तित्व र पारस्परिक निगरानी ।’ सन् १९९५ मा आठौं राष्ट्रिय समितिको स्थायी समितिको नवौं सत्रमा ‘राजनीतिक परामर्श, लोकतान्त्रिक निगरानी र राज्य मामिलामा सहभागिता तथा विचार-विमर्शसम्बन्धी सीपीपीसीसी राष्ट्रिय समितिको विनियमावली’ पारित गरेको थियो, जसले राज्य र स्थानीय स्तरका प्रमुख सिद्धान्त तथा नीतिमा अग्रिम निर्णय-परामर्श र नीति कार्यान्वयनको क्रममा देखा पर्न सक्ने समस्यामा हुने परामर्शलाई परिभाषित गरेको थियो । सन् २००५ र २००६ मा सीपीसी केन्द्रीय समितिले क्रमशः ‘पार्टी-नेतृत्वको बहुदलीय सहकार्य र राजनीतिक परामर्श प्रणाली थप सुदृढ पार्ने राय’ र ‘सीपीपीसीसीको कामलाई सुधार गर्नेसम्बन्धी राय’ जारी गरेको थियो, जसले परामर्शमूलक निर्णयलाई संस्थागत बनाउने काम गर्‍यो ।

एकल वैचारिकीमा सीपीसीको जनमुखी दृष्टिकोणलाई व्याख्या गरिएको छ, जसमा जनतालाई केन्द्रमा राख्ने र जनताका विषय प्राथमिकतामा राख्नुले सीपीसीका निर्णय जनहितमा आधारित हुने भनिएको छ, भने ६ आधारस्तम्भमा लोकतान्त्रिक परामर्श, माथिदेखि तलसम्म र तलदेखि माथिसम्मको निरन्तर अन्तरक्रिया, निरन्तर नीति विकास, विज्ञानको सम्मान, कानुन पालना गर्ने प्रक्रिया र कार्यान्वयन दक्षता पर्दछन् ।

अन्तरपार्टी परामर्शमूलक निर्णय प्रक्रियाका दुई प्रमुख माध्यम छन्, अर्थात् लिखित प्रस्ताव माग्ने र बैठक आयोजना गर्ने, जसमा राष्ट्रिय नीति,प्रमुख निर्णय र महत्त्वपूर्ण जनशक्ति व्यवस्थापनजस्ता विषय समेटिन्छन् । सन् १९९० देखि सन् २००६ को अन्त्यसम्म सीपीसी केन्द्रीय समिति र राज्य परिषद्ले दुई सय तीसभन्दा बढी परामर्श बैठक, गोष्ठी र संक्षिप्त जानकारी सत्र आयोजना गरे, जसमध्ये ७४ वटा सीपीसीको महासचिवद्वारा नै अध्यक्षता गरिएको थियो । देङ सियाओपिङले भनेझैं, कम्युनिस्ट पार्टीले एउटा कोणबाट समस्यालाई हेर्छ जबकि लोकतान्त्रिक पार्टीले फरक कोणबाट हेरेर आफ्ना विचार थप्न सक्छन्, जसले थप समस्या उजागर गर्न र तिनलाई अझ व्यापक रूपमा समाधान गर्न मद्दत गर्छ । हरेक वर्ष सीपीपीसीसीले ठूलो संख्यामा प्रस्ताव पारित गरी निर्णय-निर्माणका सन्दर्भ सामग्रीका रूपमा सम्बन्धित निकायमा पेस गर्छ । यहाँ उल्लेख गर्नुपर्ने कुरा के हो भने सीपीसी र अन्य राजनीतिक दलले समान हैसियतमा अन्तरपार्टी परामर्श गर्छन्, र यस्तो परामर्शमूलक निर्णयप्रक्रियाले सीपीसीको शासन र नेतृत्वलाई नकार्दैन, बरु यसको वैधतालाई सुनिश्चित गर्छ र अझ वैज्ञानिक बनाउँछ ।

जनताको देशको मालिक हुने अधिकार सुरक्षित गर्न सीपीसीले विभिन्नतहमा जनप्रतिनिधि सभाको आधारभूत राजनीतिक प्रणाली स्थापना गरेको छ, जसमार्फत जनताले विधायिकी, निगरानी र प्रमुख विषयमा निर्णय गर्ने अधिकारसहित राज्य शक्तिको प्रयोग गर्छन्, र यसले सानो जनसंख्या भएको जातीय समूहले पनि कम्तीमा एकजना प्रतिनिधि पाउने सुनिश्चित गर्छ । अनुसन्धान र खोज पार्टी-जनता परामर्शको अर्को मार्ग हो । माओ त्सेतुङले भनेका थिए, ‘बिना अनुसन्धान, बोल्ने अधिकार छैन । ’ यसै धारणामा आधारित भई पूर्व सीपीसी महासचिव जियाङ जमिनले भनेका थिए, ‘बिना अनुसन्धान, निर्णयगर्ने अधिकार छैन ।’ अनुसन्धान र खोजतलासको प्रक्रिया एकातिर अवस्था बुझ्ने र अर्कातिर परामर्श गर्ने प्रक्रिया पनि हो, र यस प्रक्रियामा संकलन गरिएको जानकारीले वैज्ञानिक निर्णयप्रक्रियालाई सहयोग गर्न सक्छ ।

सूचना युगमा प्रवेश गरेसँगै इन्टरनेटले नागरिकलाई यस प्रक्रियामा सहभागी हुन सहज बनाएको छ । आजकल नीति ल्याउनु अघि सीपीसी र सरकारका धेरै निकायले इन्टरनेटमा मस्यौदा प्रकाशित गरी नागरिकबाट राय माग्छन्, र यसरी इन्टरनेटलाई परामर्शमूलक निर्णयप्रक्रियाको नयाँ माध्यमका रूपमा हेर्न सकिन्छ । हालका वर्षमा आधारभूत तहमा लोकतान्त्रिक भेला र स्थानिय परिषद्जस्ता नयाँ माध्यम पनि देखा परेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा उल्लेख गरिएको थियो, ‘जनताको तात्कालिक हितसँग सम्बन्धित कुनै पनि निर्णय गर्दा हामीले उनीहरूको राय अवश्य माग्नुपर्छ । जनताको हितलाई हानि पुर्‍याउन सक्ने कुनैपनि काम हामीले गर्नु हुँदैन र त्यस्तो हानि पुर्‍याउने कुनै पनि कार्यलाई सच्याउनुपर्छ ।’ चीनका धेरै ठाउँमा जनप्रतिनिधि सभाका प्रतिनिधिले जनतासँग सम्पर्क गर्ने केन्द्र स्थापना गरेका छन्, जहाँ प्रतिनिधि नियमित रूपमा गई राय तथा सुझाव माग्छन् । चीनको सुधारर खुलापनको अग्रमोर्चा मानिने ग्वाङतोङ प्रान्तको सेन्जेनमा यस्ता १०० भन्दा बढी केन्द्र स्थापना गरिएका छन्, भने केही सहरका समुदायमा ‘सम्पूर्ण हृदयको परामर्श’ नामक केन्द्र स्थानीय समुदायको हितसँग सम्बन्धित विषयमा छलफल र निर्णय गर्ने माध्यमका रूपमा छन् ।

आजकल नीति ल्याउनु अघि सीपीसी र सरकारका धेरै निकायले इन्टरनेटमा मस्यौदा प्रकाशित गरी नागरिकबाट राय माग्छन्, र यसरी इन्टरनेटलाई परामर्शमूलक निर्णयप्रक्रियाको नयाँ माध्यमका रूपमा हेर्न सकिन्छ ।

आन्तरिक पार्टी परामर्श आन्तरिक पार्टी लोकतन्त्रको अभ्यासको महत्त्वपूर्ण स्वरूप हो । आन्तरिक पार्टी लोकतन्त्र सीपीसीको जीवन रेखाजस्तै हो, र निर्णयप्रक्रियाको गुणस्तर सुधार्न आन्तरिक पार्टी परामर्श पनि आवश्यक हुन्छ । यसका प्रमुख मञ्चमा पार्टी महाधिवेशन, पार्टीसमिति, पार्टी स्थायी समिति र पूर्ण अधिवेशन पर्दछन् । पार्टी महाधिवेशनले प्रतिनिधिको जानकारी पाउने अधिकार र निर्णय गर्नेअधिकार सुनिश्चित गर्छ, र प्रतिनिधिले पेस हुने प्रतिवेदन अध्ययन गर्नुका साथै यसमा संशोधनका लागि सुझाव पनि दिनुपर्छ । पार्टी केन्द्रीय समिति, पार्टी स्थायी समिति र पूर्ण अधिवेशनले प्रत्येक सहभागीको भूमिकालाई पूर्ण रूपमा उपयोग गरी प्रमुख विषयमा परामर्श र सामूहिक निर्णयप्रक्रियामा सहभागी बनाउनुपर्छ । पार्टीको मार्गदर्शक रेखा, सिद्धान्त र नीति, प्रमुख कार्यका योजना, अधिकारीको नियुक्ति, हटाउने र अनुशासनात्मक कारबाही, सार्वजनिक हितसँग सम्बन्धित प्रमुख विषय र माथिल्लो तहको संगठनले सामूहिकरूपमा निर्णय गर्न आवश्यक ठानेका विषय जुन जे लागू हुन्छ त्यही समक्ष सामूहिक छलफल र निर्णयका लागि पेस गर्नुपर्छ, र यिनलाई व्यक्तिले मनोमानी ढंगले निर्णय गर्न कहिल्यै मिल्दैन ।

पार्टी समितिभित्र निर्णय प्रक्रियामा अल्पमतले बहुमतको अनुसरण गर्ने सिद्धान्तलाई कडाइका साथ पालना गर्नुपर्छ । पार्टी समितिको सचिव अन्य सदस्यको माथिल्लो पदमा हुँदैन, बरु अरूसँग समान हुन्छ, र सचिव वा प्रथम सचिवले विचार संकलन गर्न र अपनाउनमा दक्ष हुनुपर्छ, आफैं मात्र निर्णय गर्नु वा पितृसत्तात्मक प्रणाली प्रवेश गराउनुहुँदैन । यसबाहेक आन्तरिक पार्टी परामर्शमा निर्णयअघिको तयारी र सार्वजनिक राय माग्ने कार्य, निर्णयक्रममा हुने सामूहिक छलफल पनि समावेश हुन्छन् ।

सारमा, सीपीसीको एक शताब्दी लामो यात्रा, यसको संगठनात्मक विस्तार, वैचारिक विकास र निर्णय-निर्माणको संस्थागत प्रणालीले नै आजको चीनलाई आर्थिक, प्राविधिक र भौतिक क्षेत्रमा विश्वकै अग्रपंक्तिमा उभ्याएको देखिन्छ । अन्तरपार्टी, आन्तरिक पार्टी र पार्टी-जनताबीचको परामर्शको त्रिकोणात्मक संरचनाले नै पार्टीलाई निरन्तर आत्म-सुधार गर्दै अगाडि बढ्ने आधार दिएको छ ।

(पाण्डे राजनीतिक विश्लेषक हुन् )