सन्दर्भ ट्रम्प-सी शीर्ष वार्ता, यस्ता छन् चीन र अमेरिकाका तुलनात्मक अवस्था, एजेण्डा र प्राथमिकता
सन्दर्भ ट्रम्प-सी शीर्ष वार्ता, यस्ता छन् चीन र अमेरिकाका तुलनात्मक अवस्था, एजेण्डा र प्राथमिकताः
अमेरिका र चीनबीच विश्व अर्थतन्त्र र विश्व व्यवस्थामा कसको हात माथि पार्ने, प्रविधिमा कस्को नियन्त्रण बढी रहने भन्ने मुख्य प्रतिस्पर्धा देखिन्छ। अमेरिका आर्थिक र सामरिक रूपमा आफ्नो सर्वशक्तिमान पहिलो स्थान गुमाउन चाँहदैन, चीनले व्यापार, लगानी र प्रविधि प्रवर्द्धन तथा विकासमार्फत संसारभर र सबैजसो आयाममा प्रभाव विस्तार गरेको छ।
यी दुई देशबीच केही महत्त्वपूर्ण तथ्याङ्क तुलना गर्न योग्य छन्, जस्तै
चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता देश हो सन् २०२४ मा चीनको निर्यात ३.५९ ट्रिलियन थियो भने अमेरिकाको १.९ ट्रिलियन डलर यसमा ठूलो अन्तर देखिन्छ।
चीनसँग १ ट्रिलियन डलर भन्दा बढी व्यापार अधिशेष कायम राख्न सफल छ, अमेरिका १.२२ ट्रिलियन डलरको व्यापार घाटामा छ।
चीनसँग अमेरिकासँग भन्दा १४५ बढी देशले व्यापार गर्छन्, यद्यपि करको युद्धकाबीच अमेरिका र चीनबीच २०२५ मा मात्र ५०० अर्ब डलर भन्दा बढी मूल्यको ब्यापार आदानप्रदान भएको छ। जसमा पनि चीन धेरै नाफामा छ।
अमेरिकाले चीनबाट ४५३ अर्ब डलरको आयात गर्दा चीनले अमेरिकाबाट १४५ अर्ब डलरको आयात गरेको छ। यसको अर्थ चीन अमेरिकाबाट आयात त गर्छ तर पूरै निर्भर छैन तर अमेरिका चीनमाथि निर्भर छ।
अमेरिकाले रक्षा क्षेत्रमा ९५४ अर्ब डलर खर्च गर्छ, चीनले ३३६ अर्ब डलर मात्र, अर्थात् अमेरिकी रक्षा खर्च ३ दोब्बर छ जुन अनुत्पादक हो। चीनले विकासमा खर्च गरेको छ ब्यापारमा खर्च गरेको छ तर अमेरिकाले युद्धमा।
२०२४ मा चीनमा बिक्री भएका नयाँ कारहरूमध्ये लगभग ५०% विद्युतीय थिए भने अमेरिकामा यो १०% मात्र छ। चीनसँग ४४ मिलियन टन दुर्लभ पृथ्वी खनिज भण्डार छ र अमेरिकासँग केवल १.९ मिलियन टन छ, अर्थात् अमेरिका दबाबमा छ।
AI मा अमेरिकी कम्पनीहरूको दबदबा छ तर चीनले पनि ठूलो लगानीसहित प्रतिस्पर्धामा आउने प्रयास गरिरहेको छ। AI प्रतिस्पर्धामा अमेरिकी दबाब झेल्न चीनले विभिन्न विकल्प खोजिरहेको छ।
समग्रमा यी दुई देशबीच मुख्य लडाइँ अमेरिकाले चीनको ब्यापार नियन्त्रण गर्न चाहन्छ यसकै लागि अमेरिकाका सबैजसो कम्पनीका सिइओ ट्रम्पसँगै बेइजिङ गएका छन्। अमेरिका, प्रविधिमा एकल प्रभुत्व कायम राख्न चाहन्छ, तर चीन पछि हट्न तयार छैन आक्रामक व्यापार विस्तार गरिरहेको छ नै प्रविधिमा पनि प्रतिस्पर्धी रूपमा अघि बढेको छ। यी दुई देशको सबैभन्दा फरक चाँहि अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा छ। अमेरिकाले प्रभुत्व कायम राख्न बल प्रयोग गर्न पछि पर्दैन। रक्षा खर्चमा उच्च लगानी गरिरहेको छ जुन अनुत्पादक छ। तर चीन शान्तिपूर्ण संवाद र कूटनीतिमा जोड दिन्छ र बल प्रयोगलाई प्रवर्द्धन गर्दैन। उसको प्राथमिकता विकास, लगानी र व्यापारमा बढी देखिन्छ।
किन भने यी २ देशको आर्थिक प्राथमिकता र ढाँचामा अलि फरक छ, चीनले राज्य-सञ्चालित अर्थव्यवस्था, पूर्वाधार लगानी, निर्यातमा निर्भरता र दीर्घकालीन राष्ट्रिय योजनामा जोड दिइरहेको छ।
तर, अमेरिका कर वृद्धिसहित उत्पादनलाई स्वदेश फर्काउने प्रयास र द्विपक्षीय व्यापार सम्झौताहरू समावेश छन्। यद्यपि चीन शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ अमेरिका आक्रामक रूपमा युद्धसहित आफूलाई टिकाउन लागि परेको छ।




