कम्युनिस्ट आन्दोलनको वर्तमानकाे संकट र निकासकाे बाटाे

धनञ्जय दवाडी

नेपालकाे कम्युनिष्ट आन्दाेलन उतारचढावबाट नै विकसित भएकाे हाे। नेपालकाे राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टी यति धेरै कमजाेर पहिलाे पटक बनेकाे छ।यस आन्दाेलनमा संलग्न सबै नेता कार्यकर्तामा एकआपसमा विश्वाशकाे संकटले याे कमजाेरीकाे सहज उपचार भइरहेकाे छैन।बिश्वाश नीतिमा,नेतृत्वमा,क्रान्तिमा,संगठनमा र स्वयं आफैमा निर्माण नगर्दा सम्म आन्दाेलनलाई सवल बनाउन कठिन हुने गर्दछ।

विगतमा नेपाली कम्युनिष्ट आन्दाेलन छिन्नभिन्न भएका वेला तिनलाई एकीकृत र पुनसंगठित गरेर क्रान्तिका दिशामा अग्रसर गराउन सक्रियता ,बैचारिक बहस र संषठन निर्माणकाे कामले नै याेगदान दिएकाे थियाे। त्यसबेला विश्वाश जागृत थियाे।मानिसलाई विचारले नै निर्देशित गर्ने भएकाले विचार निर्माणका लागि बहसहरु चलाउनु अनिवार्य भएकाे छ।यस्ता बहसमा कुनै एकदलकाे मात्रै हाेइन ,समाजलाई अग्रगामी रुपान्तरण काे दिशामा लैजान चाहनेश्रमिक,दलित,जनजाति,महिला,मधेशी,शहरिया गरीव,मध्यम वर्ग सबैकाे साझा आवाज निर्माण गर्नु पर्दछ।

आजका नेपाली समाजका समस्याहरुलाई वर्गीय दृष्टिकोणबाट विश्लेषण गरि भविष्यकाे बाटाे देखाउन, भुइँ तहका जनताकाे सहभागिता सुनिश्चित गर्न र युवाहरुकाे राजनीतिमा सहभागिता बढाउन व्यापक अभियान चलाउनुपर्दछ। यसले बदलिएकाे परिस्थितिमा नयाँ कार्यनीति निर्माण गर्न सघाउ पुग्दछ।

अर्काकाे विराेध मात्रै गरेर शक्ति निर्माण गर्न सकिन्न।बिगतमा आलाेचना सुन्नै नसक्ने गरि हुर्किएकाे हाम्राे कम्युनिष्ट आन्दाेलन अहिले हामीमा समस्या छ भनेर स्वीकार गर्ने अवस्थामा हुनु सकारात्मक छ।अब हामीले आन्दाेलनकाे पुर्नजागरणका लागि गरिव,दलित वा सिमान्तीकृत समुदायकाे मात्रै कुरा गरेर नपुग्ने भएकाे छ।मध्यम वर्ग र निम्न मध्यम वर्गका समस्या के हुन्?तिनकाे समाधान कसरी गर्ने भन्ने बताउनै पर्दछ।भविष्य निर्माणकाे कार्ययाेजना बनाउनै पर्दछ।

नेपाल जातीय,भाषिक,भाैगाेलिक बिबिधता भएकाे देश हाे ।यहाँकाे आन्दाेलनमा फरक मत र बैचारिकी हुनु स्वभाविक हाे।हाम्रा फरक मतहरु अन्तरबिराेधी हाेइनन्।फरक मतहरु स्वीकार गरेर नै संवाद,बहस र छलफल चलाउनु पर्दछ।यस्ता बहसहरु कै बिचमा आन्दाेलन,संघर्षहरु विकसित गर्न र सफलता प्राप्त गर्न सकिन्छ ।नयाँ युगका लागि नयाँ नेतृत्वकाे निर्माण बैचारिक बहसबाट नै हुने गर्दछ।

इतिहासका सफलताले मात्रै बर्तमानकाे समस्या समाधान दिंदैन।इतिहासबाट शिक्षा लिन सकिन्छ।आजकाे समाज र आन्दाेलनले खाेजेकाे तत्कालीन प्रतिशील रुपान्तरण के हाे र याे कसरी गरिन्छ भन्ने प्रष्ट बताउनै पर्दछ।गाेलमाेटल भाषाले नेपाली समाजकाे रुपान्तरणकाे दिशा निर्धारण गर्दैन र विश्वाश जागृत हुँदैन।

एकपटक क्रन्तिकारी पार्टी,कुशल नेता निर्माण गरेर सँधै जितिन्छ भन्ने हुँदैन भन्ने पाठ दक्षिण अफ्रिकाकाे अफ्रिकन नेशनल काँग्रेसबाट सिकाैं!यसै महिनाकाे शुरुमा सम्पन्न स्थानीय निर्वाचनमा ३१ प्रतिशत भन्दा कम मत प्राप्त गरेर दक्षिण अफ्रिकी रंगभेदी क्रान्तिपछि सबैभन्दा कमजाेर चुनावी प्रदर्शन गरेकाे छ त्यस पार्टीले। शिक्षा नै ग्रहण गर्न त हाम्रै फागुन २१ काे निर्वाचनकाे नतिजा नै पनि काफी छ।पार्टीलाई जनआधारित बनाउन सम्वादमा जाेड दिनु श्रेयष्कर हुन्छ।आन्दाेलनका पुराना साथीहरु,मतदाताका रुपमा नयाँ युवाहरुसँग सम्वाद शुरु गरि बिश्वाश आर्जन गरेर बर्तमान संकटकाे सामना गर्न सकिन्छ।