सम्पत्ति शुद्धिकरणको मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ ।
विहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै शंकर समूहका प्रमुख रहनु भएका अग्रवाललाई नियन्त्रणमा लिइएको गृह मन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो ।
व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार शंकर ग्रुपका अन्य सदस्य पनि अनुसन्धानमा तानिएका छन् ।
अग्रवाल शंकर ग्रुपका संस्थापक अध्यक्ष हुन् । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना हो । मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ ।
यो समूहले पछिल्ला वर्षहरुमा अर्का विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीमा धेरै व्यवसाय सञ्चालन गर्दै आएको छ ।
यस्तै, हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।





