अब अमेरिकी सेना इरानबाट बाहिरिन्छ : ट्रम्प
अन्ततः अमेरिका इरानबाट पछि हट्न बाध्य भएको छ । इजरायलसँग मिसिएर इरानकाे विरूद्व भिषण आक्रमणमा उत्रिएको अमेरिका अन्ततः इरानबाट हार मान्दै फिर्ता हुन लागेकाे विश्लेषण गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्।
ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गरेका हुन्।
इजरायलसँगको समन्वयमा सुरु भएको उक्त कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको उनले बताए। ट्रम्पका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम काम’ बाँकी रहेको भन्दै त्यसलाई पूरा गरिरहेको छ।
उनले इरानको आकाशमा अहिले पूर्ण रूपमा अमेरिकाको कब्जा रहेको र इरानी सैन्य शक्ति तथा पूर्वाधारहरू पूर्ण रूपमा नष्ट भइसकेको उल्लेख गरे। इरानका वरिष्ठ राजनीतिक र सैन्य नेताहरूको मृत्युपछि त्यहाँ सत्ता परिवर्तन भएको र नयाँ नेतृत्व अघिल्लो शासनको तुलनामा कम कट्टरपन्थी र बढी तर्कसंगत रहेको ट्रम्पको बुझाइ छ। उनले इरानको नौसेना र समग्र सैन्य संरचना ध्वस्त भएकाले अहिले इरानी पक्षबाट कुनै पनि प्रतिरोध नभएको दाबी गरे।
इरानको आकाशमा अहिले पूर्ण रूपमा अमेरिकाको कब्जा रहेको र इरानी सैन्य शक्ति तथा पूर्वाधारहरू पूर्ण रूपमा नष्ट भइसकेको उल्लेख गरे। इरानका वरिष्ठ राजनीतिक र सैन्य नेताहरूको मृत्युपछि त्यहाँ सत्ता परिवर्तन भएको र नयाँ नेतृत्व अघिल्लो शासनको तुलनामा कम कट्टरपन्थी र बढी तर्कसंगत रहेको ट्रम्पको बुझाइ छ। उनले इरानको नौसेना र समग्र सैन्य संरचना ध्वस्त भएकाले अहिले इरानी पक्षबाट कुनै पनि प्रतिरोध नभएको दाबी गरे।





