हवाई इन्धनको मूल्य झन्डै दोब्बर, कति बढ्ला भाडा ?

मूलखबर संवाददाता
काठमाडौं, १८ चैत

मध्य पुर्व र खाडी युद्दकाे असर नेपालकाे हवाइ क्षेत्रमा प्रत्यक्ष रूपमा पर्ने भएकाे छ । सरकारले हवाइ इन्धनमा नयाँ मूल्य लागू गरेकाे छ ।

हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।

मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।

यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्‍याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो ।

हवाइ इन्धनकाे मुल्य बढेसँगै अब हवाइ यात्राकाे भाडा पनि बढ्ने देखिन्छ ।