चैत १९ गतेदेखी संसद बैठक आव्हान

मूलखबर संवाददाता
काठमाडौं, १६ चैत

आगामी चैत १९ गतेदेखी संसद बैठक हुने भएको छ । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारकाे सिफारिसमा चैत १९ देखि संसद बैठक आव्हान गरेका हुन् ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते संघीय संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेका हुन्।