आज पनि घट्याे सुनकाे मुल्य, कति पुग्याे ?
आज पनि सुनकाे मूल्य घटेको छ । केही दिनदेखि निरन्तर ओरालाे लागेकाे सुनकाे मूल्य आज पनि घटेकाे हाे ।
प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।





