मंगलबार बढ्याे नेप्से, काराेबार रकम पनि वृद्वि

मूलखबर संवाददाता
काठमाडौं, १९ फागुन

शेयर काेबार सुचक नेप्से बढेको छ । प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ ।

चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको छ । सो दिन नेप्से परिसूचक २६१४ अंकमा थियो । कारोबार रकम पनि आज बढेको छ । अघिल्लो दिन ५ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ६ अर्ब २३ करोडको भयो ।