गाेरखामा प्रलाेपाले कांग्रेसलाई सघाउने
गोरखाकाे चुनावमा नयाँ ट्वीस्ट देखा परेको छ । यसअघि नेकपा वा रास्वपालाई डा. बाबुराम भट्टराईले साथ दिने चर्चाका बीच अहिले दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।
प्रलोपाको हालै सम्पन्न बैठकले गोरखामा क्षेत्रमा कांग्रेसलाईसहयोग निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।




