सुनकाे मूल्य उस्तै, चाँदीको मूल्य बढ्याे
आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय र एक तोला चाँदीको मोल ५ हजार ५ सय ८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५ सय र एक तोला चाँदी ५ हजार ५ सय ९५ मा खरिदबिक्री भएको थियो ।




