जेन-जी परिषद गठन गर्ने सरकारकाे निर्णय, के गर्छ परिषदले ?

मूलखबर संवाददाता
काठमाडौं, १२ फागुन

सरकारले जेनजी परिषद गठन गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न मन्त्रीपरिषद बैठकले साे निर्णय गरेको हाे ।

परिषद्ले नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच भएको सम्झौता कार्यान्वयनका लागि पहल गर्नेछ। सम्झौताको बुँदा नम्बर ९ मा ‘जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न, खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्नका लागि जेन–जी परिषद् गठन गरिने,’ उल्लेख छ।