उपचार खर्च अभाव भएपछि प्रख्यात फुटबलर साम्बाले गरिन् आर्थिक सहयाेगकाे अपिल
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि सहयोग मागेकी छिन्।
न्युजिल्यान्डको क्लब फुटबल खेल्ने क्रममा घाइते भएर उपचाररत उनले उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उदासीनता देखाएको र उपचार खर्च पर्याप्त नभएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोग मागेकी हुन्।
कतारको अस्पतालमा उपचारका लागि करिब ८० हजार डलर आवश्यक पर्ने र इन्स्योरेन्सबाट पर्याप्त नहुने भएकाले उनले सहयोग मागेकी हुन्।




