पाँचथरमा चुनावी चर्चा : ‘मिक्सो’ले जित्दै मतदाताकाे मन, काे हुन् मिक्साे ?

मूलखबर संवाददाता
पाँचथर, ९ फागुन

सुदुरपुर्पी पहाडी जिल्ला पाँचथरमा वातावरण चिसाे भएतापनि चुनावी सरगर्मी ताताे छ । एकमात्र संघिय निर्वाचन क्षेत्र रहेकाे पाँचथरमा मुख्य राजनीतिक दलहरू नै कडा प्रतिस्पर्धामा देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपाका उमेदवार हर्कबहादुर नेम्वाङसँग नेपाली कांग्रेसका नरेन्द्रकुमार नेम्वाङ, नेकपा एमालेबाट अइन्द्रसुन्दर नेम्वाङ मुख्य प्रतिस्पर्धामा देखिएका छन् । कांग्रेस र एमालेमा आन्तरीक द्वन्द्व देखिएका बेला नेकपाका मिक्साेलाई  मिक्सोलाई भने राहत पुग्ने देखिएकाे छ ।

काे हुन् मिक्साे ? – 

पाँचथरको राजनीति बुझ्ने जो–कोहीका लागि ‘मिक्सो’ नाम कुनै नारा वा पोस्टरको उपज होइन। यो नाम संघर्ष, निरन्तरता र जनतासँगको सम्बन्धबाट बनेको पहिचान पनि हो। पाँचथरका हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विगत २७ वर्षदेखि पाँचथरका गाउँ–बस्ती, डाँडा–पाखा र चोक–चौतारामा जनतासँगै देखिँदै आएका नेता हुन्। संसद्को प्रतिस्पर्धामा उनी नयाँ अनुहार देखिए पनि राजनीतिक यात्रामा भने अनुभवी, खारिएको र व्यवहारिक नेतृत्वका रूपमा परिचित छन्। तत्कालिन नेकपा माओवादी केन्द्रको कोशी प्रदेश अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका उनी खारीएका नेतामा पर्छन् ।

मिक्सोको राजनीतिक जीवन जनयुद्धको कठिन समयबाट सुरु भएको हो। राज्यसत्तासँगको टकराव,भूमिगत संघर्ष र संगठन विस्तारको जिम्मेवारीका बीच उनले राजनीतिको कडा पाठ सिके। आन्दोलनकै क्रममा गम्भीर घाइते हुँदा पनि पछि नहट्नु उनको संघर्षशील स्वभावको उदाहरण हो। यो अनुभवले उनलाई राजनीतिक रूपमा मात्र होइन, मानवीय रूपमा पनि परिपक्व बनायो। त्यसैले उनी राजनीतिलाई पद र प्रतिष्ठाको साधनभन्दा जनसेवाको माध्यमका रूपमा बुझ्छन्।

जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गर्दा धेरै नेता सहर र केन्द्रतर्फ केन्द्रित भए। तर मिक्सो भने पाँचथरमै अडिग रहे। पार्टी संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनतासँग सम्बन्ध सुदृढ बनाउनु उनको प्राथमिकता रह्यो। विद्यालयको भवनदेखि खानेपानीको धारा, सिँचाइ कुलोदेखि सडक ट्र्याकसम्मका विषयमा उनी निरन्तर पहलकर्ताको भूमिकामा देखिए। यही निरन्तरताले उनलाई ‘चुनावमा मात्र देखिने नेता’ होइन, ‘सधैं साथ दिने नेता’को छवि बनायो ।

२०७४ पछिका वर्षहरूमा पाँचथरमा देखिएको विकाससँग मिक्सोको नाम स्वाभाविक रूपमा जोडिन्छ। तमोर करिडोरका लागि ६ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुनु केवल एउटा आयोजना मात्र होइन, पाँचथरको आर्थिक भविष्यसँग जोडिएको निर्णय थियो। फिदिमको शिवालय–गोरुवाले सडक, साना पुल निर्माण, खानेपानी आयोजना र सिँचाइ कुलो विस्तारजस्ता कार्यक्रमले ग्रामीण जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएका छन्। प्राकृतिक विपद्ले क्षति पुर्‍याएका थुप्रै संरचनाको पुनर्निर्माणमा उनको पहल स्थानीयले आज पनि स्मरण गर्छन्।

मिक्सोको नेतृत्वको विशेषता भाषणको चमक होइन, कामको प्रभाव हो। उनी सभा र मञ्चभन्दा बढी गाउँको आँगन, खेतको डिल र स्वास्थ्य चौकीको कोठामा देखिन्छन्। बिरामीको उपचारका लागि अस्पतालसम्म पु¥याउने, विपद्का बेला राहत व्यवस्थापनमा खटिने र सामान्य नागरिकका प्रशासनिक समस्यामा समेत प्रत्यक्ष हस्तक्षेप गर्ने शैलीले उनलाई जनमुखी नेताका रूपमा स्थापित गरेको छ। यही कारण पार्टी कार्यकर्तामात्र होइन, फरक राजनीतिक धारणा राख्ने नागरिक पनि उनलाई भरोसायोग्य नेता मान्छन्। अहिलेको अवस्था पनि त्यस्तै छ फरक राजनितिक आस्था राख्ने पाँचथरे आम नागरिकले समेत एक भोट चाहिं मिक्सोलाई दिने भन्नुले पनि त्यसको पुष्टि गर्छ ।

हाल उनी नेपाली कम्युनिस्ट पार्टी पाँचथरको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। पार्टीभित्र उनको संगठनात्मक क्षमता, अनुशासन र समन्वय कौशललाई उच्च मूल्याङ्कन गरिन्छ। पार्टी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनको कार्यशैली र निष्ठाको खुलेर प्रशंसा गरेको बताइन्छ। प्रदेश सरकारमा इन्द्रबहादुर आङ्बो ‘मौसम’को नेतृत्वमा सुरु भएका विकास कार्यक्रमलाई संघीय तहबाट निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा मिक्सोलाई हेरिएको छ।

मिक्सोको राजनीतिक दृष्टिकोण वर्तमानमा सीमित छैन। उनी पाँचथरको भविष्यलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोडेर हेर्छन्। कृषि आधुनिकीकरण, स्थानीय स्रोतको उपयोग, पर्यटन प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उनको सोच आजको पुस्तासँग मेल खान्छ। जेनेरेसन–जीको भावना बुझ्ने, युवाको ऊर्जा र वृद्धको अनुभवलाई जोड्ने उनको शैलीले उनलाई बदलिँदो राजनीतिक परिवेशमा सान्दर्भिक बनाएको छ।

पाँचथरमा राजनीतिक प्रतिस्पर्धा छ। तर २७ वर्षको निरन्तर जनसम्पर्क, विकाससँग जोडिएको नाम, जनसेवामूलक राजनीति र केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय गर्न सक्ने क्षमताले हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई बलियो दाबेदार बनाएको छ। संसद् पुग्ने अवसर पाउँदा पाँचथरको आवाजलाई संघीय नीतिनिर्माणको केन्द्रसम्म पुर्‍याउने उनीप्रति जनअपेक्षा बढ्दो छ।
युवा नेता हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ जनतासँग घरघरमा पुगेर नमस्कार गर्छन, सन्चो विसन्चो सोध्छन् । पैसा खर्च गर्नेलाई भोट नहाल्न र जनतको असली प्रतिनिधिका रुपमा आफुलाई मत दिन आग्रह गर्दछन् ।

राजनीतिमा धेरैले नारा दिन्छन्, केहीले मात्र निरन्तरता देखाउँछन्। मिक्सो त्यही निरन्तरताको प्रतीक हुन्। सत्ता र पदभन्दा जनताको भरोसालाई मूल्य दिने उनको राजनीतिक यात्रा आज पाँचथरको भविष्यसँग गाँसिन थालेको छ। यही कारण उनी केवल उम्मेदवार होइनन्, पाँचथरको भरोसाको राजनीति बनेका छन्।

पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। १०२ मतदान स्थल र १७९ मतदान केन्द्रमार्फत मतदान हुने छ। १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। विभिन्न दलबीच प्रतिस्पर्धा रहे पनि संगठनात्मक तयारी, विकाससँग जोडिएको छवि, जनसम्पर्क र अनुभवका आधारमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को स्थिति बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
पार्टीको जिल्ला समन्वय समितिको विशेष बैठकले ३४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संगठित रूपमा अभियान अघि बढाएको सूचना तथा प्रचार समितिको संयोजकमा मनरथ चापागाई बताउँछन् ।
भीड छैन। तडकभडक छैन। चर्को नारा र माइकको होहल्ला पनि छैन। तर, जहाँ हर्क नेम्बाङ ‘मिक्सो’ पुग्छन्, त्यहाँ मतदाताको अनुहारमा अपनत्व देखिन्छ। कोही फूलमाला लगाइदिन्छन्, कोही हात समाउँदै भन्छन् “मिक्सो सर, यसपालि भोट तपाईंलाई नै हो।” यस्तै यस्तै प्रतिकृयाले हामी अत्यन्त उत्साही छौं अभियानमा संलग्न नेपाली कम्युनिष्ट पार्टी पाँचथरका नेता सूचना तथा प्रचार समितिको संयोजक चापागाईअभियनको अनुभव सुनाउँछन् ।
यही जनविश्‍वासकै बीच हालै नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई फोन गरेर जितको शुभकामना दिए। जुन समयमा मिक्सो समुदायमै थिए उनले आफ्नो मोवाइल लाउड गरेर प्रचण्डको बोली पनि समुदायलाइ सुनाएका थिए । यस कारण पनि मिक्सोलाई केन्द्रिय नेतृत्वको नजरमा परेका नेताको रुपमा हेरीन्छ ।

पाँचथरमा मिक्सोले बनाएको छविको प्रशंसा गर्दै प्रचण्डले भनेका थिए , ‘तपाईंले जुन इमेज बनाउनुभएको छ नि जिल्लामा पनि प्रदेशमा पनि, धेरै राम्रो छ । त्यो धेरै राम्रो छ । ‘तपाईंले जित्‍नुपर्छ, जित्‍नुहुन्छ, लाग्‍नुहोस् ।’ पाँचथरका गाउँ–गाउँमा फैलिएको यही दृश्य सामाजिक सञ्‍जालमा पनि देखिन थालेको छ। मिक्सोका लागि यो चुनाव प्रचारभन्दा बढी विश्‍वासको पुनःपुष्टि हो।
पार्टी केन्द्रीय सदस्य इन्द्रबहादुर आङबोको संयोजकत्वमा केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूलाई समेटेर निर्वाचन परिचालन समिति निर्माण भएको छ । समितिको बैठकले आर्थिक, सूचना तथा प्रचार, युवा परिचालन र उम्मेदवार प्रतिवद्धता सम्बन्धी छुट्टाछुट्टै समिति गठन गरेको छ। आर्थिक समितिको संयोजकमा विसाल रसाइली, सूचना तथा प्रचार समितिको संयोजकमा मनरथ चापागाई तथा युवा परिचालन समितिको संयोजकमा बिक्रम शंखर तोकिएका छन्। विभिन्न पालिका र वडामा संयोजकहरू तोकिएपछि पार्टीको संगठनात्मक संरचना जिल्लाभर सक्रिय बनेको छ।
पाँचथरका लागि मिक्सोले विभिन्न एजेन्डाहरु अघि सारेका छन् । पूर्वाधार विकासको निरन्तरता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, उत्पादन वृद्धि, उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिक एजेन्डा बनाएका छन्। भाषण भन्दा बढी जनताको कुरा सुन्ने र जेन्जी भावना, युवा तथा बृद्धहरुको सोचाई अनुरुप अगाडी बढ्ने साथै काममा विश्वास गर्ने शैलीले उनलाई परिवर्तन चाहने मतदाताको रोजाइमा राखेको देखिन्छ। यसरी संगठनात्मक तयारी, विकाससँग जोडिएको नाम, जनसेवामा आधारित राजनीति, प्रदेश र केन्द्रसँगको समन्वय क्षमताका कारण पाँचथरमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ प्रतिनिधिसभा पुग्ने बलियो आधार निर्माण हुँदै गएको पार्टीका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ बताउँछन् । पाँचथरको विकास र समृद्धि मिक्सोको प्रमुख एजेन्डा हो। त्यसैले चुनावी अभियानका क्रममा उनी भाषणभन्दा बढी सुन्‍ने भूमिकामा देखिन्छन्। गाउँटोलमा पुगेर जनताको समस्या टिपोट गर्छन् र समाधानका प्रतिबद्धता व्यक्त गर्छन्। विभिन्न सरोकारवाला निकायमा सम्वन्वय गर्छन् । यही कारण युवा तथा परिवर्तन चाहने मतदाताले उनलाई भावी सांसदका रूपमा हेर्न थालेका छन्।

पाँचथरका किसान, मजदुर, उद्योगी, व्यापारी, सामाजिक कार्यकर्ता, शिक्षक, कर्मचारीदेखि युद्धका घाइते र बेपत्ता परिवारका सदस्यहरूका लागि मिक्सो केवल उम्मेदवार होइनन्आफ्नो आवाज संसद् पुर्‍याउने भरोसाको नाम हुने देखिएको छ ।

पाँचथरको फिदिम नगरपालिका–१३ लुङरूपमा १० पुस २०३७ सालमा जन्मिएका हर्कबहादुर नेम्वाङ फिदिम नगरपालिका–२, साम्दिनका स्थायी बासिन्दा हुन् ।

स्नातकसम्मको अध्ययन पूरा गरेका उनी माओवादी सशस्त्र युद्धदेखि ‘मिक्सो’ को नामले परिचित छन् । उनि जनआन्दोलनका घाईते समेत हुन् ।

२०५८ सालमा तत्कालीन जनमुक्ति सेनामा प्रवेश गरेका उनी सेक्सन कमान्डर हुँदै अन्य जिम्मेवारीमा पुगेका थिए । २०५९ सालमा ओखलढुङ्गामा भएको भिडन्तमा उनी घाइते समेत भएका थिए ।

शान्ति प्रक्रियामा आएपछि जिल्ला इन्चार्ज, पोल्युटब्युरो सदस्य समेत भएका थिए । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी शर्माका स्वकीय सचिव समेत भए । उनी अहिले नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छन् ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हर्कबहादुर नेम्वाङसँग नेपाली कांग्रेसका नरेन्द्रकुमार नेम्वाङ, नेकपा एमालेबाट अइन्द्रसुन्दर नेम्वाङ मुख्य प्रतिस्पर्धामा भएपनि उनिहरुको आन्तरीक द्वन्द्व र कलहले मिक्सोलाई फाईदा पुग्ने देखिन्छ ।