टि-२० विश्वकप: वेष्ट इण्डिज सुपर एटमा प्रवेश, नेपाल ४ विकेटले पराजित
वेस्ट इन्डिज ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ मा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले मुम्बईको वानखडे रंगशालामा १५.२ ओभरमै पूरा गरेको थियो । जसले गर्दा नेपाल पराजित बनेकाे छ ।
यसअघि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीको ५८ रन बनाएपछि मात्र नेपालले हेर्नलायक स्कोर बनाएको हो । नेपाली खेलाडीको ट्वान्टी–२० विश्वकपमा यो केवल दोस्रो अर्धशतक हो र उच्च स्कोर पनि हो ।सुवास खकुरेलले २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध यसअघि ५६ रन बनाएका थिए ।
नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो ।
वेस्ट इन्डिजका ओपनर ब्याटर ब्रान्डन किंग २२ रन बनाई आउट भए । नन्दन यादवको बलमा कुशल भुर्तेलले मिडअनमा उनको क्याच लिएका थिए । किंग र कप्तान साई होपले ६ ओभरभित्र पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि होप र हेटमायरले ४१ बलमा अर्धशतकीय साझेदारी पूरा गरेका थिए, जसमा हेटमायरको योगदान ३७ रनको थियो । त्यसपछि भने होप आक्रामक बनेका थिए ।
यी दुई ब्याटरले दोस्रो विकेटमा कुल ५९ बल खेली ९१ रनको साझेदारी गरे । होप ६१ र हेटमायर ४६ रन बनाई अविजित रहे । होपले ४४ बल खेलि ५ चौका र ३ छक्का तथा हेटमायरले ३२ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।




