जनताको आशा र भराेसा हामीप्रति छ, सामाजिक सञ्जालमा भ्रम छरिएको छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताकाे आशा नेकपाप्रति नै भएको दावी गरेका छन् ।
नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा विस्तारै आशा र भरोसा बढ्दै गएपनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरुजस्तो माहोल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन ।
जनतामा विस्तारै हामी प्रति आशा बढ्दै गइरहेको छ । अबको विकल्प नेपाली कम्युनिष्ट पार्टी भरपर्दो शक्ति हुन सक्दछ । भन्ने भरोसा बढ्दै गएको भने छ ।
अझै हाम्रो पक्षमा वेव भने आइसकेको छैन । जति माहोल आउनु पर्ने हो । त्यो नयाँ भन्नेहरुले अलि सोसियल मिडिया माफर्त चाई अलि बढी नै चर्चा भएको छ ।
यो असहज र असाधारण परिस्थितिको निर्वाचन भन्दा पहिलेको भन्दा अलिकति बढि अझ मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरुप दिन अगाडी बढ्नु पर्ने छ ।’




