मन्थली बस दुर्घटनामा ज्यान गुमाउने ९ पुगे, १० काे उद्वार
काठमाडौंबाट ओखलढुंगाका पाेकली जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ९ पुगेको छ । आज बिहान रामेछापमा तामाकोसी नदीमा खसेर दुर्घटनामा परेको हाे।
रामेछापको मन्थली लिलाैटीमा भएको साे बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने घटनामा परेका १० को उद्दार गरिएको प्रहरीले जनाएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको हाे ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस २०८२ माघ २७ गते मंगलबार




